जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।
Showing posts with label कथा-लघुकथा. Show all posts
Showing posts with label कथा-लघुकथा. Show all posts

Sunday, February 15, 2015

लघुकथा-“पार्टि”

लघुकथा-पार्टि
रचना-सैागात गजमेर मात्र

गाउँमा जिल्लाका केन्द्रिय स्तरका नेताहरूले पार्टि भेला राखे । काँग्रेसको त्यो एतिहासिक जिल्ला भेलामा सम्पुर्ण पार्टिप्रेमी नागरिकको उपस्थिती रह्यो । वडाका केही मान्ने र नाम चलेका सदस्यहरूले फ्नो गोजीको पैसा लगाएर कार्यक्रमलाइ अझ राम्रो बनाउनका लागी साथै फुलाइ पछिल्ला दिनमा केही राहत मिल्छ भन्ने शामा चिउरा र मासुको पनि ब्यवस्था गरे ।
सम्पुर्ण नागरिकलाइ ह्वान गरिएको उक्त भेलामा नेताहरूले भाषण गर्न थाले । सुन्दै नपत्याउने किसिमका भाषणहरू छाटिदै थिए नेताहरूबाट भने, कहिले भाषण सकिन्छ र मासु र चिउरा खान पाइन्छ भनेर नागरिकहरू अतालिएका थिए अर्कोतिर ।

लघुकथा-८

लघुकथा-अप्ठ्यारो यात्रा
रचना-सौगात गजमेरमात्र
गाउले बस ,,भनेको समयमा पनि नगुड्ने र कहिले के त कहिले के को समस्याले सताइरहने । धेरै जसो मानिसहरू उभिएर लामा लामा दुरीसम्मको यात्रा छिचोल्नु पर्ने हुनाले दिग्दारको त सिमै थिएन त्यहि माथी भाडाँ बर्तन,बाख्रा पाठा देखी लिएर अनेक सामान राखेर मान्छेको पाउ राख्ने ठाउ हुँदैन । हो त्यस्तै भाको थियो, म पनि झापाबाट ताप्लेजुङ सम्मकोयात्रा छिचोल्न निस्किदा । बसभित्र पस्नका लागी बल हुँने र बुद्धी हुनेले मात्र बस्ने ठाउँ भेट्छ भनेको थिए हो हरेछ । सरासर बस भित्र पसेर मैले बसको एक छेउमा जबरजस्ती हातको झोला राख्न सके त्यही पनि सात जनालाइ ठेलेर । खलासी भाइले ल है जाउ है जाउ भनेर यात्रुहरू बोलाउन लाग्यो म पनि त्यो भिडमा कहाँ बस्ने र कसरी पुग्ने होला भनेर सिटको खोजीमा लागे । अन्तिम सिटको भित्तापट्टी एक सिट खाली हो कि जस्तो लाग्यो र त्यतै तिर लागे >..नभन्दै रहेछ खाली र बसे । बस यात्रुहरू खादेर मास्तिर लम्कियो ,,,दिउसोको यात्रा ,चर्को घाम त्यही माथी बसको त्यस्तो भिड त्यो देखेर त बेकार यात्रा गर्न थालेछु जस्तो भान भो मनमा ।

लघुकथा-७

लघुकथा-छोरी र पानी
रचना-सौगात गजमेरमात्र”,,,
आत्मिय मित्र अजय र भुवन एउटै कलेजमा पढ्ने मिलनसार र इमान्दार मित्रहरू थिए । गाउँ गुल्मीबाट राजधानी छिरेर आफ्नो शिक्षालाइ निरन्तर दिइरहेको अजय र चितवनबाट भविश्य कोर्न राजधानी पसेका भुवन त्यी दुइलाइ पढाइको मात्र चासो हुन्थ्यो आफ्नो गाउँको भन्दा पनि । अजयले अनि भुवनले आफ्नो गाउँको कुरा खुलेर यथार्त बताएकै थिएन्न एकले अर्कोलाइ । विदाको मौका छोपेर अजयले मित्र भुवनलाइ आफ्नो गाउँ घुमाउने निर्णय गर्यो र भन्यो- जाउँ हाम्रो गाउँ घुम्न भुवनभुवनले पनि सहमतीमै हुन्छभनिदियो र गए दुवै अजयको गाउँ वा घर गुल्मी ।

लघुकथा-६

लघुकथा-भित्री परिवर्तन
रचना-सैागात गजमेरमात्र
सार्कि बाबै आइतबारे बजारको दिन सँधै इमान्दारका साथ हुन्छ भन्दै हिड्ने ,आमैले जे ल्याउनु भनेपनि त्यहि-त्यहि ल्याउने ,किन हो कुन्नी सुँगुरको मासु बोकेर ल्याउनु है हजुर भनेर नरम स्वरले भन्दा पनि निक्कै झर्किएतँलाइ खालिस् सुगुरको मासु,म अब सक्दिन सुगुरको मासु किनेर तँलाइ खुवाउन भन्दै निस्किए ।

Thursday, February 12, 2015

लघुकथा-५

रचना-सौगात गजमेरमात्र
नेक हर्ष र उल्लाहस बोकेको नाटक गरेर त्यो बर्ष पनि मेरो घरको मझेरी सम्म मकर सक्रान्तिले पाइला टेक्यो । माइ मेलामा जान भनेर हितेसी मित्रहरू मेरै नजिक बसेर कुरा गरेपछि ,,केटाकेटीको जात घरको परिस्थितीलाइ लात मारेर जिद्दिपनमा उभिएर आमालाइ कोट्याउन थाले सहमतीमा रूपैया थमाएर लु जाभन्नु हुन्छ भन्ने ठूलो आशमा ।

लघुकथा-४

लघुकथा-अमर प्रेम
रचना-सैागात गजमेरमात्र
सार्किनी मैको असामयिक निधन भयो साठ्ठी बर्षको उमेरमा । सार्किनी मै र बाबै एक अर्कालाइ बुढेसकालले अँगालो मार्दा समेत बहुत माया गर्थे । पाँच भाइ छोरा र एक बहिनी छोरी जन्माएर छोरीको विहेदान गरी दिएर अनि छोराहरू पनि -फ्नै मानो खान छुट्टीएर बाँच्न थालेका थिए सार्किनी मैको मृत्युको समयसम्म ।
सार्कि बाबै हिन्दु धर्म अनुसार स्वत राँडो भएर जिउनु पर्ने भो भने छोराहरू मा विहीन टुहुरा हुनु पर्यो । जिउनेक्रममा एक अर्कालाइ मायाँ गर्नुको साथै खुब सहयोग पनि गर्थे यो तेरो काम र यो मेरो काम नभनी । मैले अन्तिम सास निखारेर सँसारबाट विदा भएपछि सँस्कार अनुसारको रित पुर्याएर काजक्रिया गर्ने निर्णय भो । बाबै मैलाइ तुलसीछेउमा तेर्सयाएर राख्दा प्राणनै त्याग हुनेगरी डाको छोडेर रोए तर उनले रूनु मात्र पर्यो जो हुनु भै सकेपछी । मैलाइ उठाएर लगेर अग्नी दिए र फर्किए सबैजना ।
तेह्र दिने काम सुरू भयो, दिनहरू वित्दै गए

लघुकथा-३

लघुकथा-तिल्हरी
रचना-सौगात गजमेर “मात्र”
“आज त्यस्की श्रिमतीले लगाएको तिल्हरी खोसेर भएपनि म मेरो ॠण जसरी असुल गरेरै छाड्छु ।“
छानामाथी सिउरीएको चिल्लो लौरो झिक्दै आक्रोसमा घरको नोकर मानविरलाइ लिएर सरदार बाबै लाग्छन् हर्कमायाको घरतिर…।
पाखोबारी देखाइ जाँडखान भनेर दिनहू पैसामाग्दै सरदार बाबैसँग रक्सि खाने कुलमान हराएको पनि आजको दिनसम्म एक दशकनै पार भैसकेको छ । जड्याहा पति द्वन्द कालमा हराएपछि लालावाला गिट्टी कुटेर पाल्दै बसेकी हर्कमाया पति छँदाका क्षणहरू दिनहू आँखाका डिलसम्म ल्याएर बगाउन छोडेकी छैन्न ।सानैमा टुहुराझै भएका दुइ सन्तानलाइ हर्कमायाले आजसम्म त जेनतेन पालेकै छिन अबका पछिल्ला दिनमा कसरी पालिनुपर्ने हो यकिन छैन हर्कमायालाइ ।
कुलमानले जाँडखान भनेर लगेको छब्बिस हजार रूपैयाले ब्याज जन्माएर निक्कै भएको छ जुन तिर्ने सामर्थ्य हर्कमायामा छँदै छैन । विबाह हुँदा पतिले दिएको एक तोलाको तिल्हरी पछिल्लो ताका जाँड खाएर आइ सँयौ पटक पतिले “ले त्यो मैले दिएको तिल्हरी “ भनि झम्टिदा समेत बरू पिटाइ खाएर साचेर राखेकी छिन अहिलेसम्म ।
साउको ब्याज अनि ब्याजको पनि स्याज भएर निक्कै भएको सरदार बाबैको पैसो लिन सरदार बाबै दैलोसम्म आइपुग्छन् ।
“हर्कमाया , ए हर्कमाया बाहिर निस्की त ?”
भाँडामा पानी तात्यो अब त भनेर कनिका जाउलो पकाउन खन्याउनै लागेकी हर्कमाया सरदार बाबैको आक्रोशपुर्ण कुरो सुनेर हतारहतार बाहिर निस्कन्छिन ।

Wednesday, February 11, 2015

लघुकथा-२

लघुकथा-दुषित मन
रचना-सौगात गजमेर मात्र
गाँउको दाजु विदेश गएपछि हर्केले भाउजूमाथी गिद्धे नजर लगाउँछ । एक सन्तानकी आमा मनकला युगले २१ सताब्दी पार गरेपनि परिवर्तनबाट पन्छिएकी सोझी थिइन जसको फाइदा लुट्न हर्के दाजु विदेश गएपछि विस्तारै नजिकिदै जान्छ । कहिँकतै भेटिहाले पनि बोल्ने,अनि बोल्न थालेपछि एकोहोरो शरिरतिर नियाल्न थाल्ने गर्छ जस्ले गर्दा मनकला रिसाउँथिन तर केही रिस पोख्न नसकेर चुप लाग्थिन । हर्केले हुन त अहिलेको जवानासँग तुलना गरेर त्यस्तो सोचेको होला तर थिइन्न मनकला त्यस्ती जस्तो हर्केले सोच्दथ्यो । यसरी सदैव जिस्काउने निहुमा जथाभावी बोलेको सुनेर हर्केकै साथि नकूलले भनेछ”-हेर हर्के यो गाउँ हाम्रो हो यहाका सबै मानिस हाम्रो परिवार भित्रका झै हुन तसर्थ दाजु विदेश गएका छन भन्दैमा यसरी भाउजुलाइ यसरी दुख नदे भन्दा जवाफमा उल्टै गाली गर्छ।त्यो कुरा मन मष्तिस्कमा राखेर झुटो प्रेमको नाटक गर्न थाल्छ नकूलले हर्केकी बहिनी माथी ।
एकदिन पधेरोमा भाउजु मनकलालाइ जिस्काउदै गरेको अवस्थामा हर्केले आफ्नी बहिनी मिनालाइ नकूलसँग तल्तिर बारीमा बात मार्दै गरेको देख्छ र...

लघुकथा-१

लघुकथा – “भित्री ईमान”
रचना- सौगात गजमेर "मात्र"
जारकै दिन अजयसँग भेट भो । पहिलेझै सुटबुटमा झल्किएर आऐको धनिको सन्तान अजयलाई देखेपछि गफ गर्न मन लाग्यो र बोलाए । हुन त उ कहाँ धनि- म कता जेहेन्दार ।  सम्पति र पोसाककै हिसाबले त उ र ममा आकाश धर्तिकै अन्तर ! अजय सामु पुगी -" के हो यार यतिका दिन पछि भेट भो कहाँ गएका थियौ हँ ?, फेरी लोक सेवा पनि पास गर्यौ सुन्छु पार्टि त खुवाउछौ होला नि ? " झिँगाको बोसो झिक्नेलाई ब्यर्थैको सवाल सोधे । " धत् पार्टि जावो खुवाउदिन होला त ! बरु हिड् जाउ होटलतिर ?" मलाई पनि अचम्मै लाग्यो "हैन यसले खुवाउला त पार्टि ?"मनमनै हास्दै लागे--- होटलमा पुगेर दुवै जनाले खायौ दुई-चार सय जतिको । खाएर उठ्ने बेलामा थोत्रो पर्स झिक्दै- "ओहो यार ! पैसा त खुद्रानै रहेनछ यार बरु यसो गर न यार –“अहिले दिँदै गर पछि मिलाउला नि म !" यति भन्नासाथै उसलाई अर्को साथिले बोलायो र गयो । मैले पैसा तिरिदिए ।