लघुकथा-अमर प्रेम
रचना-सैागात
गजमेर”मात्र”
सार्किनी आमैको
असामयिक निधन भयो साठ्ठी बर्षको उमेरमा । सार्किनी आमै
र बाबै एक अर्कालाइ बुढेसकालले अँगालो मार्दा समेत बहुत माया गर्थे । पाँच भाइ
छोरा र एक बहिनी छोरी जन्माएर छोरीको विहेदान गरी दिएर अनि छोराहरू पनि आ-आफ्नै मानो खान छुट्टीएर
बाँच्न थालेका थिए सार्किनी आमैको
मृत्युको समयसम्म ।
सार्कि बाबै हिन्दु धर्म अनुसार स्वत राँडो भएर जिउनु पर्ने
भो भने छोराहरू आमा विहीन टुहुरा हुनु पर्यो । जिउनेक्रममा एक
अर्कालाइ मायाँ गर्नुको साथै खुब सहयोग पनि गर्थे यो तेरो काम र यो मेरो काम नभनी
। आमैले अन्तिम सास निखारेर सँसारबाट विदा भएपछि
सँस्कार अनुसारको रित पुर्याएर काजक्रिया गर्ने निर्णय भो । बाबै आमैलाइ तुलसीछेउमा तेर्सयाएर राख्दा प्राणनै त्याग हुनेगरी
डाको छोडेर रोए तर उनले रूनु मात्र पर्यो जो हुनु भै सकेपछी । आमैलाइ उठाएर लगेर अग्नी दिए र फर्किए सबैजना ।
तेह्र दिने काम सुरू
भयो, दिनहरू वित्दै गए
बाबै बिच-बिचमा आमैलाइ
सम्झिएर खुब भक्कानिएर रून्थे एकतमासले । ढिकुरो फोर्ने दिन साँझ सबै निदाउन
लागेका थिए त्यो बेला । बाबै निस्किए पाइखाना जान्छु भनेर, यसो बाहिरतिर निस्कदाँ
अचानक बाबैले एक छाँया किसीमको आमैको
आकृति देख्छन् । जति-जति बाबैले नियाल्दै
जान्छन् त्यति-त्यतिनै आमै पर सर्दै गएकोझै
देख्छन बाबैले तर पनि बाबै मेरै बुढी हो भनेर झन सँगसँगै पछि लाग्दै जान्छन् ।
नभन्दै आमै घर तल्तिरको काल्ना छेउमा पुगेपछी स्वतः
विलिन हुन्छिन् । बाबै झनै मायाका भावहरू छल्काउँदै
चिच्याउछन् लैजाउन दिलमायाँ मलाइ पनि भन्दै । छोराहरू चिच्याएको सुनेर आतिदैँ
जान्छन र बुवाको अनुहारतिर हेर्छन त्यो समयसम्म बाबै हरिया देखिने भै सकेका
हुन्छन् त्यतिकैमा जेठो छोराले भन्छ- “बुवा के भयो
हजुरलाइ र यहाँसम्म यति राति आउनु भएको”
जवाफमा ठुलोस्वास तान्दै बाबै - “छोरा तेरी आमा मलाइ लिन आएर यहाँसम्म देखा पर्दै यहाँ आइसकेपछि हेर न छोरा
लुकी कता हो कता”
छोराहरू एकले अर्काको मुहार हेर्दै छक्क पर्छन………!
0 comments:
Post a Comment