रचना-सौगात गजमेर”मात्र”
अनेक हर्ष र उल्लाहस बोकेको नाटक गरेर त्यो
बर्ष पनि मेरो घरको मझेरी सम्म मकर सक्रान्तिले पाइला टेक्यो । माइ मेलामा जान
भनेर हितेसी मित्रहरू मेरै नजिक बसेर कुरा गरेपछि ,,केटाकेटीको जात घरको परिस्थितीलाइ लात मारेर जिद्दिपनमा उभिएर आमालाइ कोट्याउन
थाले सहमतीमा रूपैया थमाएर “लु जा” भन्नु हुन्छ भन्ने ठूलो आशमा ।
त्यति समयसम्म आमाका गहहरूमा अभावले छिचोलिसकेका थिए न्याके
पारामा । साथिभाइहरू मलाइ बोलाउन घरसम्म आए ,आमा भित्र अगेनो नजिक बर्बर्ती आशुका ढिक्का झारेर “न जा”को सँकेत गरिरहनु हुँदैथ्यो मैले पनि सबै साथिहरूलाइ जान अनुरोध गर्दै आमालाइ
सम्झाउदै-“आमा जिन्दगी लामो छ ,साथमा माइ देवी पनि त छिन नी हाम्रो दुँख
हेर्ने ,बाँचियो भने त मकर सक्रान्ति पछि पनि त आउँछ
नि हैन र आमा ?”
……आमा झनै मलाइ काखि च्यापेर रून थाल्नु भो ।
0 comments:
Post a Comment