लघुकथा-“दुषित मन”
रचना-सौगात गजमेर “मात्र”
रचना-सौगात गजमेर “मात्र”
गाँउको दाजु विदेश गएपछि हर्केले भाउजूमाथी गिद्धे नजर लगाउँछ । एक
सन्तानकी आमा मनकला युगले २१ सताब्दी पार गरेपनि परिवर्तनबाट पन्छिएकी सोझी थिइन
जसको फाइदा लुट्न हर्के दाजु विदेश गएपछि विस्तारै नजिकिदै जान्छ । कहिँकतै
भेटिहाले पनि बोल्ने,अनि
बोल्न थालेपछि एकोहोरो शरिरतिर नियाल्न थाल्ने गर्छ जस्ले गर्दा मनकला रिसाउँथिन
तर केही रिस पोख्न नसकेर चुप लाग्थिन । हर्केले हुन त अहिलेको जवानासँग तुलना गरेर
त्यस्तो सोचेको होला तर थिइन्न मनकला त्यस्ती जस्तो हर्केले सोच्दथ्यो । यसरी सदैव जिस्काउने निहुमा
जथाभावी बोलेको सुनेर हर्केकै साथि नकूलले भनेछ”-हेर हर्के यो गाउँ हाम्रो हो यहाका सबै मानिस हाम्रो
परिवार भित्रका झै हुन तसर्थ दाजु विदेश गएका छन भन्दैमा यसरी भाउजुलाइ यसरी दुख
नदे भन्दा जवाफमा उल्टै गाली गर्छ।“ त्यो कुरा मन मष्तिस्कमा राखेर झुटो प्रेमको नाटक गर्न थाल्छ
नकूलले हर्केकी बहिनी माथी ।
एकदिन पधेरोमा भाउजु मनकलालाइ जिस्काउदै गरेको अवस्थामा
हर्केले आफ्नी बहिनी मिनालाइ नकूलसँग तल्तिर बारीमा बात मार्दै गरेको देख्छ र...रिस उटी सहनै नसकेर नकूललाइ कराउन भनी गइ भन्छ- “के हो नकूल यो मिना मेरी बहिनी हो भन्ने कुरा तँलाइ थाहा छैन? के तँलाइ अलिकति पनि लाज लाग्दैन ?” यसो भन्दा नभन्दै नकूलले सम्झाउँदै –“हो बल्ल ठाउमा आइस तँ ,के तेरी बहिनी र त्यी मनकला भाउजू उस्तै होइन्न र तेरा लागी ? बहिनीलाइ जून सम्मान दिनूपर्ने हो त्यो सम्मान त्यी मनकला भाउजूलाइ दिनुपर्दैन र तैँले ?,यति भनेपछि हर्के आफ्नो शिर झुकाएर नकूल तिर नहेरी गएर मनकला भाउजू सँग माफी माग्छ –“ठूलो गल्ति भो भाउजू म बाट” भन्दै ।
0 comments:
Post a Comment