जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Monday, May 23, 2016

गजल-अाकाश राेएकाे बेला

अाकाश राेएकाे बेला झरी पर्ने गर्छ !
यी अाँखा राेएकाे बेला मनै मर्ने गर्छ !

तिमी अाऊ या नअाउ मेराे प्रतिक्षामा
मनले भने अाशा र भराेसा गर्ने गर्छ !

तेराे महलमा कुकुरले कनिका पचाउँदैन
मेराे भने अनिकालकाे अभाव टर्ने गर्छ !

जुन सपना मनमा राेपि,लाहुर छिर्नु हुन्छ
फुल्न नपाई काेपिलामै  ब्यर्थ झर्ने गर्छ !

हटाउँदैन मनकाे फाेहाेर,जति थुप्रिए पनि
गन्ध अाउँदा भने मान्छे पर्फ्यु छर्ने गर्छ !

© साैगात गजमेर विश्वकर्मा

Saturday, May 21, 2016

कबिता- "भकुन्डाे"

"भकुन्डाे"

फेरि पनि छाेराले,
भकुन्डाेनै खेल्न रूचायाे
खाेल्याे जुत्ता
निकाल्याे त्यसभित्रकाे माेजा
बटुल्याे कपडाका झत्ताहरू
बनायाे याैटा भकुन्डाे !

याे छाेराकाे अाँठाै चाेटी हाे
किनकी याे भन्दा पहिला
छाेराले जति जति भकुन्डाे बनाउथ्याे
म भने लुकाईदिन्थे या फालिदिन्थे
मैले भकुन्डाे लुकाउनुकाे तात्पर्य
छाेरालाई डाक्टर बनाउनु थियाे
मैले भकुन्डाे फालिदिनकाे तात्पर्य
छाेरालाई भकुन्डाेकाे लत छुटाउनु थियाे
न मैले लुकाउन छाेडे
न छाेराले बनाउन छाेड्याे !


जति जति छाेराले,
भकुन्डाे बनाउन लाग्थ्याे
उ रिसाउदैन थियाे
किनकी उसलाई लाग्थ्याे
मेराे भकुन्डाे हरायाे
मैले बनाउनै पर्नेछ
र खेल्नै पर्नेछ जसरी पनि
अर्काे भकुन्डाे बनाएर

एक दिन छाेरालाई...
मैले भनिदिए यथार्थ
सुनाए भकुन्डाे लुकाउनुकाे पुर्ण विवरण
छाेराले भन्याे-
बुवा म हजुरकाे छेारा हुँ -कैदी हाेईन
जसलाई हजुरले
थुन्न चाहानुहुन्छ ईच्छाकाे कारागारमा
हजुरले जति लुकाउनु भाे मेराे भकुन्डाे
त्यतिनै अात्मबल बढ्दै गयाे
मैले हारीन किहिल्यै भकुन्डाे बनाउन
किनभने
हजुरकाे छाेरा डाक्टर भयाे भने
बचाउँला हजार बिरामीहरू
गर्ला हजाराैका घाउहरूमा
मल्हमपट्टी र अाैसधी
तर बुवा
मैले भकुन्डाे खेलेर
बन्न त सक्दिन पेले र राेनाल्डाे
तर बन्नुछ देशका कठपुतली सरकार ढाल्ने
याैटा राम्राे र सक्षम सुटर !

-३ चैत्र २०७२

Friday, May 13, 2016

"भारी सपनाहरू"-कबिता

" भारी सपनाहरू"

अाजकल,
दिनलाई रातले निल्नै लाग्दा
तिम्रा वयस्क यादका अनगिन्ति दाँतहरूले
मेराे मस्तिष्क दार्न थालेका छन् !


अाजकल,
लाखाै ताराहरू अाकाशमा झुन्डिँदा
भिज्दै सुक्दै गरेकाे चार चाेसे याे सिरानीले
उत्पातै मितेरी गाँसिरहेकाे छ !

र अाजकल,
अालर्मका घण्टिहरू बिहानै घन्किरहँदा
मेराे पुरै परीवारकाे खुराक बाेकेकाे राहदानीले
मेराे हात पाउ बसाल्न चाहन्छ !

मलाई थाहा छ ,
या त्याे डाँडाँघरे सुकविरेलाई थाहा छ
परदेशकाे यस्तै अमिला यथार्थहरू
जसले जग्गाकाे धनीपुर्जा महाजनलाई थमाई
अाफु बडेमानकाे विमान चढेर अाएकाे छ
र भएकाे छ गुलामी गर्नु पर्दा
साना साना भुसुना भन्दा सानाे !

वालुवाकाे कान्तिपुर महलभित्र छिरेर
कुनै दिन,
मैले पनि राखेकाे थिए
भारी सपनाहरू साैदा गर्ने चाहाना
र पालेकाे थिए मनभरी
लाली गुराँशका राता फुलहरू जस्तै
कल्कलाउँदा साहास
जुन साेचाईमै सिमित भयाे
जुन अतितमै विलिन भयाे !

भन्नेले  भनेका पनि हुन,
मैले याे खाडी छिर्नुभन्दा पहिले
कुनै सपना साकार गर्दैन परदेशले
सुनाउनेले त सुनाएकै हुन ,
मैले सपना देख्नुभन्दा पहिले
धेरै थाेक गुमाउनु सिवाय केही हाेईन परदेश
तर सुनिएन उनिहरूका कुराहरू
बुझिएन उनिहरूका सुझावहरू
र त शिरमा पाली भएकाे म नेपाली
नाँगाे टाउकाे लिएर गाडीएकाे छु !
ठूलाे खाडीमा !

© साैगात गजमेर विश्वकर्मा
-३१ वैसाख २०७३

Tuesday, May 10, 2016

कथा- "जवानीकाे भूल "

कथा- जवानीको भूल
                 
                      By-सौगात गजमेर विश्वकर्मा


“कल्पना, ए कल्पना कता जान लागेकी ?”
बेलुकाको समय घामले पनि सदाकोझै नेटो काटेर गोधुलि साँझले गवार्लम्म अँगालो मारि सकेको थियो त्यो दिन पनि कल्पनाको बस्तिलार्इ । गाँउले परिवेशमा सबै परिवारहरू आ-आफ्नै गुणमा चारो टिप्न आतुर थिए त्यो बेला ।
                   मजुरले प्वाखँ फैलाएझै गरेर कल्कलाउँदो उमेर फिँजाएर हिँडेकि कल्पनालाइ देखेपछि समिरले पहिलेको जस्तै गरि झुम्मिएर बोलायो । सोह्रै जवानीले पोखिनै लागेकि गाँउकि एक गरिब परिवारकि कान्छि छोरी कल्पना माथि समिरको गिद्धे नजर पहिले देखिनै तेर्सिएनि थियो । त्यो दिन पनि सँधैको जस्तै किताब माग्ने निहुँ पारेर पछ्याउँदै आएको थियो समिर । एउटै कक्षामा पढ्ने हुँदा दुवैजना खुब मिल्थे पनि उनिहरू । नाताको हिसाबले छिमेकि मात्रै भएतानि दुबैमा प्राय कुराहरू भने खुलेरै हुने गर्दथ्यो । गाँउको जेहेन्दार बिधार्थीमा समिर पनि एक दुखसित जुध्न सक्ने साथै पढाइमा लगाव राख्ने इमान्दार केटो थियो । बिहान बेलुका घरमा काम नगरि धरै पाउँदैन थियो समिरले भने आमाको दिनै पिच्छेको कचकचले गर्दा भने जस्तो खान र आफु खुशि साथिसँग हेलमेल हुँन पाउँदैन थियो, फेरि आमाको भनाइ पनि ठिकै थियो । आफ्नो सन्तान बिग्रिएको त कस्ले देख्न सक्छ र ? त्यै भएर अनि भविष्यको आधार पनि उहि भएर पनि पढ्ला पछि गएर केहि गर्ला भन्ने आशा थियो समिरप्रति उस्कि आमाको । जस्को कारणले गर्दा समिरले पनि आमाको सल्लाह बिना फुत्त बाहिर निस्किएर हिँड्दैन थियो । त्यो दिन पनि समिर किताब लिन जाने बहानामा आमालाइ भनेर कल्पनाको दर्शन गर्न आएको थियो । उता कल्पनाको परिवारमा भने कल्पनाको खुशीनै उस्का आमाबुवाको खुशी थियो साथै छोरी भनेको छोरा समान हो , छोरीले पनि छोरालेझै हाँस्न , बोल्न , घुम्न साथै बाँच्न पाउनु पर्छ भन्ने आधुनिक सोच थियो कल्पनाका आमाबुवाको । कल्पना यिनै कारणले पनि साथिहरू सँग हेलमेल हुन र अनेक कुराहरू सुन्न र बुझ्न पाउने अवसर पाउँथि तर विडम्बना कल्पना एक गरिबकि छोरी अनि तल्लो जातकि भएको कारण खुम्चिनु पर्थ्यो भने समिर एक धनि खानदानको छोरा र माथिल्लो जातको भएको हुँनाले जो कोहिसँग खुलेरै कुरा गर्न पाउँथियो । आखिर ति दुइप्रति आकाश जमिनको फरक भएता पनि उनिहरू बिच त्यस्तो छुवाछुतको भावना भने रत्ति थिएन साथै हुँदैन पनि थियो त्यस्तो ब्यबहार । समिरले पनि कल्पनालाइ एक असल साथिको रूपमा हेर्थ्यो भने कल्पनाले पनि समिरलाइ एक मिलनसार मित्रको दर्जामा राखेकि थिइ ।
                                                       मँसिरको बेला समिर र कल्पना आ-आफ्नै कार्यब्यस्ततामा तल्लिन थिए । यसै सिलसिलामा एक साँझ समिर धान काट्न भनेर कल्पनाको घरमै खेतालो खोज्दै पुगेको थियो । कल्पनाको छुट्टिको समय अनि सनिवारको दिन परेर पनि होला कल्पनाले आउछु भनि समिरसित बाचा गरि । नभन्दै कल्पना भोलिपल्टको दिनै समिरकोमा खेताला आइ । समिर लगायत उसका काकिहरू , भाउजुहरू साथै कल्पना समेत भएर धान काट्न थाले । बिच-बिचमा धेरै कुराकानि भै’रहन्थे , कहिले ख्याल ठट्टा चल्थ्यो भने कहिले निकै भावुक गितहरू मुखारबिन्दुबाटै निस्किन्थे । यतिकैमा भाउजुहरू मिलेर समिर अनि कल्पनालाइ जिस्काउन थाले । छेउमै धान काट्दै गरेकि समिरकी भाउजुले समिरतिर फर्केर “भाइ कल्पनालाइ त बुहारि बनाएर ल्याउनु पर्छ है” भन्न थाले त उता समिरका काकिहरू मिलेर “कल्पना जोडि त खुब मिल्छ है” भन्दै जिस्काउन थाले तर उनिहरू साथि भएर होला त्यो कुरालाइ साधारणनै ठाने साथै जवाफ बिहीन वास्ता पनि गरेन्न । दिनहरू बित्दै गए ,पढाइ पनि लगभग दुबैको उच्च मा.बि. तिर प्रस्थान गरिसकेको थियो साथै त्यो बेला सम्म उनिहरू आफ्नै लक्ष्यतिर आ उन्मुख थिए त्यो समयसम्म भने कल्पनालाइ कता-कता त्यै खेतालाको जिस्काइले तिखो काँडो बनेर मुटूमा सोला हानेझै बारम्बार झस्काउन थालिसकेको थियो अनि त्यहि कुरालाइ लिएर कल्पना सपनाको भब्य शहरमा पुग्न थालिसकेकि थिइ तर समिरले भने त्यो कुरालाइ वास्तै गरेको थिएन त्यो बेलासम्म ।
                                                शुक्रबारको दिन थियो । समिर कक्षा छुट्टि भएर पनि अबेर सम्म साथिहरूसँग कुरा गरेर बसिरहेको थियो भने कल्पना चाँहि यता समिरलाइ आफ्नो मनको कुरा ओकल्न आँट र सहास बटुल्दै स्कुलको ढोका छेवैमा पर्खिएर बसिरहेकि थिइ । समिर नभन्दै बाहिर निस्किएर फटाफट घरतर्फ लाग्यो यो देख्नासाथै कल्पनाले मलिम स्वरले समिर पर्ख त भनि , समिरले पनि हतपत पछाडि फर्केर हेर्यो र भन्यो-“कल्पना तिमी अझै यहि ? किन कल्पना,के भयो र ?”कल्पनाले पनि हैन यतिकै तिमीलाइ पर्खेर बसेको ,साथिहरू पनि सबै गै’हालेछन् अनि कोहि नभेटेर तिमीलाइ पर्खेर बसेको भन्दै बाहानारूपि जवाफ दिइ । पुन: समिरले हैन कल्पना तिमीले मलाइ केहि कुरा लुकाइ रहेकिछौ भनेर सोध्यो बारम्बार अन्त्यमा डराएर भएपनि कल्पनाले मनको भाव खोल्दै मनमुटू बाँधेर भन्न थालिन- “हेर समिर तिमी र म एकदमै मिल्ने साथि हौ, तिमीले मलाइ आजसम्म धेरैनै सहयोग गरेका छौ, जति मैले आजसम्म गर्न सकेकि छैन, तिमी त मनको भावना बुझ्छौ नि है ? हो समिर आज म तिमीलाइ मेरो मनको कुरा भन्नको निम्ति यति अबेर सम्म पर्खेर बसेकि हुँ । अस्ति तिम्रो खेतालामा जति धेरै कुराहरू चले हाम्रो बारेमा सायद तिमीले त भुल्यौ होला ति सबै कुराहरू तर मेरो मनको कुनाबाट निकाल्नै सकिन र सकेको पनि छैन आजसम्म । समिर,जुन दिन तिम्रो र मेरो कुरा चल्यो त्यै दिनबाट म धेरैनै सम्झनाको तरेलिमा डुब्न थाले, मैले धेरैनै कोसिश गरे मनको पिडालाइ हल्का बनाउन र सपनाको महासागरबाट अलग्गिएर जिउन पनि । हार खाएर तिमीलाइ भन्न बिवश भए आज , हो ;समिर तिमीलाइ म धेरैनै मन पराउन थालिसकेको छु,यतिसम्म कि आजकल तिमीबिना त बाँच्नै नसक्ने भाकि छु । लाग्छ,समिर तिमी छैनौ त यो सँसार छैन ,थाहा छ ;समिर तिमीलाइ सम्झिदा, तिम्रो यादमा हराउँदा-हराउँदै कति बेला निदाउछु पत्तै पाउँदिन आजकल ।हो समिर म तिमीलाइ धेरैनै माया गर्छु मेरो मनको कुरा बुझिदेउ समिर , प्लिज समिर.....।“ यति भन्दा नभन्दै समिरको मनमा कालो बादलले ढपक्कै छोपेर अनुहारको चमकनै फालिसकेको थियो समिरले र मन्मनै सोच्दै......’{तिमी कहाँ तल्लो जातकि केटि म कहाँ ठुलो जातको केटा मैले मानेर हुन्न कल्पना हाम्रो प्रेम सफल हुँदैन , न त यो प्रेममा यो समाज नै मन्जुर छ न त मेरो परिवारनै ; अँ ह म मान्दिन यो कुरा फेरि झस्ङ्ग हुँदै कल्पना त मेरो मुटू हो उ बिना त म हिजो मर्नै लागेको थिए तर आज त मेरो प्रतिक्षाको पल आएको पो छ ।}“ यस्तै कुराहरू मनमा खेलाउँदै थियो कल्पनाले के सोचेको ? के मेरो कुरा सहि लागेन हो ? भन्दै थिइ तर समिरलेनै मन्जुर छु भनेर जवाफ फर्कायो । त्यसपछि कल्पना पनि समिरको प्रतिकृयाले रमाउन पुगि साथै त्यै दिनबाट समिर र कल्पना एक युगल जोडिका रूपमा आफ्नो जिवन कटाउन थाले तर आफ्नो प्रेमलाइ उनिहरूले खुलेर देखाएन्न
                                                       दिनानुदिन उनिहरूको प्रेमले शिखर चुम्न थाल्यो ।पहिले भन्दा उनिहरू झन-झन नजिक हुँदै गए । उनिहरू प्राय एक अर्कालाइ एकान्त ठाँउमा भेटेर मनभरिका दु:ख-सु:ख साटासाट गर्न थालेका थिए भनौ त्यो अवस्थासम्म तर साँचो प्रेम छिपाएर कहाँ छिप्थ्यो र यतिकैमा एक रात समिर र कल्पना समिरकै तल्लो बारिमा प्रेमिल कुराहरू गर्दै जवानी भेल बगाउदै टाँसिएर गुन्गुनाउँदै थिए त्यसै बखत समिरकी आमा उनिहरूलाइ देखेर नजिकै आएर भन्न थालिन “तिमीहरू यति राति तै पनि यस्तो एकान्त ठाउँमा हैन के कुराहरू गर्दै बसेका हँ ?,खास कुरा के हो र यति राति कुरा गर्नुपर्ने ?” यति नभन्दै कल्पनाले बडो सहासका साथ जवाफ फर्काउदै “हो आमा हामी एक अर्कालाइ एकदमै चाहन्छौ त्यहि भएरनै हामी मायाँ प्रेमका कुराहरू गरेर बसेका हौ,साथै आमा हामी अब एक अर्कोबिना बाँच्न नसक्ने पनि भएका छौ पुन: जवाफ खप्ट्याउँदै समिरले “हो आमा म कल्पनालाइ एकदमै मायाँ गर्छु ,उ बिना त मेरो जीवन अधुरो छ आमा , म मात्रै होइन आमा कल्पनाले पनि मलाइ धेरै मायाँ गर्छिन ।“यस्तै जवाफ फर्काउँदै गर्दा समिरकी आमाले समिरलाइ गालामा थप्पड हानिन् र समिरलाइ रिस पोख्दै “के यो केटि तल्लो जातकी भन्ने तँलाइ पत्तो भएन ?,के तेरो बिहे यो केटिसित हुदैन भन्ने थाहा भएन र ?,तँलाइ मैले यति धेरै पढाउनु के यहि नै थियो उद्देश्य ?, सँसारमा यो जस्ता त अरू पनि थिए त धेरै केटिहरू के यसैलाइ रोज्नुपर्छ ?” ,यस्तो नमिठो वचन गर्दागर्दै कल्पना डाको छोडेर रून लागि भने समिर आफ्नो रिसलाइ काबुमा राख्न नसकेर आमालाइ चुप लाग्नुस् भन्दै यसो भन्छ -“थाहा छ मलाइ यी सबै कुरा थाहा छ, उ तल्लो जातकी हो, उसको र मेरो विवाह हुँदैन अनि यो पनि थाहा छ कि उ बाहेक यो सँसारमा हजारौ केटिहरू छन मेरा लागि तर हजुरलाइ यो कुरा थाहा छैन मायाँ बिना यो सँसारमा ठुलो अरू केहि छैन भनेर, हो आमा मैले यी सबै कुराहरू जानेरै कल्पनालाइ मन पराएको हुँ ।, हामी एक अर्कालाइ धेरै मायाँ गर्छौ । यो जातले त के यो दुनियाँको जस्तोसुकै कठिनाइले पनि हाम्रो यो पवित्र मायाँलाइ छेक्न सक्दैन फेरि म पनि त कल्पना बिना बाँच्न अनि मर्न नसक्ने भएको छु नि ,।म मायाँ गर्छु त केवल कल्पनालाइ गर्छु ।मैले आजसम्म जे पढे लाग्छ ठिकै र सहि पढे हो आमा यो २१औ सताब्दि हो यहाँ मायाँको अगाडि जातको केहि सिप लाग्दैन् यदि केटा र केटिको मन मिलेको छ भने जातले केहि असर पार्दैन त्यसैले आमा हामीलाइ जिउन दिनुहोस् , मायाँ गर्न दिनुहोस् र हाँस्न पनि दिनुहोस् ।“ यति भन्दै गर्दा समिरकी आमा फन्किएर घरतिर लागिन भने कल्पना रोएर थाकेजस्तै भएर गहभरि आँशु बनाइ अर्को पट्टि फर्केर बसेकि थिइ समिरले कपाल माथि सार्दै परेलिका आशु पुछिदिँदै सम्झाउन थाल्छ, कल्पनालाइ अनेक खुशीका पलहरूको याद दिलाउँदै हसाउने प्रयास पनि गर्दै चाँडैनै विवाह गरेर छुट्टै सँसार बसाल्ने कुरा सुनाउँछ यति सम्झाउँदै गर्दा कल्पना पनि आँशु पुछेर मुस्कुराउछे । त्यो घट्ना भएको भोलिपल्छ समिर घरमा कोहिसँग बोलेन न त आमासँगनै बोल्यो न त आमानै समिरसँग । यसरिनै नबोलि-नबोलि हप्ता दिन पनि बितिसकेको थियो समिरले कल्पनालाइ लिएर काँकरभिट्टा तर्फ प्रस्थान गर्छ अनि त्यहाँ पुगेर एउटा कोठा लिएर बस्छन् । समिरका बुवा-आमा र कल्पनाका बुवा-आमाले पनि भागेर गएका भन्ने कुरा सुनेर खोज्न पनि छोडिदिन्छन् भने यता कल्पना र समिर भने आफ्नै सँसारमा रमाउन थाल्छन् ।
                                                     लगभग एक महिना भएको थियो होला उनिहरू त्यहाँ आएर बस्न थालेको समिरले कल्पनालाइ त्यतिकै खाएर मात्र बस्नु हुँदैन केहि काम त गर्नुपर्छ भनेर सल्लाह गर्छ र साथिहरूलाइ उधारो दिएको केहि पैसा झिकाएर सिलिगुडिबाट सामान लिएर बेच्ने काम गर्छ त्यो समय सम्म त कल्पना आफ्नो पति देवको रेखदेख गर्दै बसी जब-जब समिर कामको ब्यस्तताले गर्दा साथिहरूको कोठामा बस्नु पर्ने हुन्थ्यो त्यहि मौका छोपेर कल्पना नजिकैका केटाहरू सँग बोल्न ,हाँस्न र बेला बेला तिनिहरूलाइ कोठामै ल्याउन समेत भ्याउन थालि । सायद हसिँलो बोलि साथै जो कोहि सँग पनि चाँडै परिचित हुने बानि भएर पनि होला यो सबै काम गर्न भ्याएकी उस्ले । समिर एकातिर सिलिगुडिको चर्को घाममा प्रहरिको डर मानि-मानि काम गरेर ल्याउँथ्यो त कल्पना त्यहि पैसा घर खर्चमा भन्दै अन्य मोजमस्तिमा प्रयोग गर्न थाल्छे, बेलामौकामा समिरले के गर्यौ पैसा भनि सोध्दा घर खर्च गरे भन्दै ढाँट्थि । समिर पनि होला त नि भन्दै केहि बोल्दैनथ्यो ।
                                                      एकदिनको कुरा हो पानि परिरहेको थियो त्यो दिन समिर बिहानै उठेर आफ्नै कामतिर लाग्छ सँधै बेलुका फर्कने पुण बिश्वासले कल्पनाले एक अपरिचित केटालाइ कोठामा ल्याएर आफ्नो तृष्णा मेटाउन लाग्छे ,उता समिर पानि झरिले पारि जान नसकेर बाटैबाट फर्किएर त्यहि चोकमा साथिहरूसँग गफ गरेर खाना खाने समयमा फर्कन्छ । कोठामा आएर साधैझै कल्पना....ए कल्पना भन्दै बोलाउँछ तर कल्पना भने सुने पनि नसुनेझै गरेर चुप लागेर बस्छे । बारम्बार बोलाउँदा समेत नखोलेपछि रिसले गर्दा समिरले ढोकामा लातले हानेर खोल्छ ,तर खोल्नासाथै कल्पना त अर्कै केटासँग मस्त बसिरहेको भेट्छ यति देख्नासाथै समिर केहि कुरा नभनिकनै त्यहाबाट फन्किएर हिँड्छ । कल्पना यो घट्ना समिरले देख्नासाथै मनको पर्खाल भत्काउँदै बस्छे भने त्यो अपरिचित केटो चुप लागेर आफ्नो बाटो लाग्छ । समिर उता चोकमा गएर दिउँसै रक्सि पिउँन थाल्छ तर कल्पना भने खाना पकाएर पर्खिबसेकी हुन्छे समिरलाइ । समिर धेरै रातिसम्म रक्सि पिएर आउँछ । कल्पना घोप्टो परेर बसिरहेकी हुन्छे, समिरले आउनासाथै धेरै गालि गर्न थाल्छ ,एकछिन पश्चात धेरैनै रिस उठेर समिरले कल्पनालाइ कुट्न थाल्दै तँ अहिलेनै यो घरबाट निस्किएर गइ हाल भन्न थाल्छ बारम्बार ......कल्पना पनि बारम्बार गइ हाल भनेको सुनेर फेरि जवाफ पनि नभेटेर होला भक्कान्निएर रूँदै-रूँदै आफ्नो लत्ता कपडा सबै झोलामा हालेर झोला बोकेर निस्किन्छे भने समिर बेकार यस्तो स्वास्नि विवाह गरेछु भन्दै पश्चतापमा मुख थुनेर घोप्टो परी रून थाल्छ..........................!

The end.🌹🌹🌹


कबिता-याैटा खस्राे चित्र


"एउटा खस्रो चित्र "
by-jeevan khatri

कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र

ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु।
हुनसक्छ,
यो चित्र त्यो भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो।
वा हुनसक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको
सवसे दु:खद कविताको दु:खि पात्रको तस्बिर हो यो।

जे पनि हुन सक्छ।
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको
जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ।
दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन्।
पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्।
लाग्छ, उसका कानहरूलाई
भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन्
उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन्
आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन्
मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन्।

गहिरिएर हेर्छु, झन् डर लाग्छ!
कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा भेट्यो
यति विघ्न अभावका रङहरू?
यति विघ्न अध्याँरो मसी
यति विघ्न व्यथा, उल्झन सुहाउँने क्यानभास
यति विघ्न कहाली चोपिन सक्ने कुची

आँखा भरि भरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला।
तर, घरको लालपुर्जा घरमै होला कि? कुनै महलमा?
चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला।
तर उ स्कुल नगएर, किन क्यानभासमा?
हुन सक्छ परिक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस्।

उसकी श्रीमती? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?
कि कुनै महलको भित्री कोठामा कैद भई?
जे पनि हुन सक्छ।
अहो, खासमा कुन मुर्खले कोर्यो यो असुहाँउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो
के, दुःखका अनगिन्ती सागर, एउटै खोलामा अटाउँन सक्छ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले पिधीँ भ्याउँछ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका गाँसहरू?
कि एकजोडी हातहरूले मात्र सम्याउन सक्छन्,
तारे भीरैभीरको जिन्दगी?
कि एकजोडी पैताललाले मात्रै हिडीँ भ्याउँछन्,
तरबारको धार ओच्छ्याईएका बाटाहरू?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झस्याङ बनायो।
भन्यो, "बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनु भको? "

Monday, May 9, 2016

यता पनि- "मेराे साथी"

http://youtu.be/YJqJhcYCzfc

विवाह सम्पन्न -Bikash Thapa

बैवाहिक जिवनकाे हार्दिक शुभकामना मेराे काले !

कबिता-टाेपी (साैगात गजमेर विश्वकर्मा

"टाेपी"
By- साैगात गजमेर विश्वकर्मा

हरेक बिहानीमा-
भाले डाकेर अालर्म बजाउनु पुर्व
पारीजातका फूलहरू
असरल्ल भुईमा झरेजस्तै
याे मेराे शिरमाथीकाे टाेपीलाई
याे मेराे वीरहरूकाे स्वभिमानलाई
कुनै अराजक हावाले ढाल्ने छैन
न ढाल्न सक्छन्-
छिमेकीकाे घिनलाग्दाे खेलहरूले !

Friday, May 6, 2016

कबिता-"कम्जाेरी"

-"कम्जाेरी"

अन्तुकाे डाडाँसम्म
साक्षात्कार भएर अाएका मेरा एक हुल अाकँक्षाहरू
मध्यरातमा एकाएक हराउनु
सानाे छँदा मैले लगाउने भाेटाहरू
वयस्कमा खाेज्दा समेत नपाउनु
म कम्जाेर हुनु हाे !

जसरी खेतका गह्राहरूमा 
मेरी अामाले मासका विऊहरू काेपेर
उखेल्नै जानू नपर्ने गरि हराउछन्
र हुन्छ मेरी अामाकाे मन खिन्न

एउटी किसाेरी
जवानीले पाेख्त वसन्तमा
साेह्रै शृङ्गार गरेर बारम्बार दाैडीरहँदा
कुनै युवक फेलै नपर्दा चाैवाटाेमा
कति दुख्दाे हाे उसकाे मन उसैलाई याद हाेला
र याैटा माग्ने 
दिनभरी मन्दिरका अगाडि बसिरहँदा
अाफ्ना हातहरू फैलाउँदै खुम्च्याउँदै
एक मुठ्ठी चामल नपाउँदा 
कति पाेल्दाे हाे उसकाे भुँडी उसैलाई याद हाेला
तर हुने छैन यकिन रत्तिभर
याे स्वार्थी र कपट सँसारका यावत कु-हरूलाई
किनकी यहाँ
एउटी सुन्दर र असल किसाेरी हेरीन्न 
खराव र राम्रीहरू हेरीन्छ
नाङ्गाे र भाेकाे अावाज सुनिदैन
ढुङ्गा र गजुरहरू हेरीन्छ
र त भैरहेछन् यहाँ जिउन चाहानेहरू
म जस्तै लाचार र कम्जाेर !

याे दुनियाँ ठूलाे छ
यहाँका मानिसहरू ठूला छन्
उनिहरूकाे मन पनि विशाल छ
शिक्षित छन् ,
अझ भनाै याे दुनियाँनै असल छ
तर छैन्न्  याे सँसारमा 
दमाईले सिलाएकाे लुगाकाे तारीफ गर्नेहरू
सार्कीले सिलाएकाे जुत्ताकाे तारीफ गर्नेहरू
र देख्दिन मैले साच्चै भन्नू पर्दा
कामीले अर्जापेकाे सिरूपातेकाे गुणगाने गाउनेहरू
किनकी
यहाँका लुगा सिलाउन जान्नेहरू
कम्जाेर ठान्छन् दमाईहरूलाई
यहाँका जुत्ता मार्केट चलाउनेहरू
गन्ति गर्दैन्न सार्किहरूलाई
र खुकुरी भिरेर नेपाली बन्नेहरू
कायर ठान्छन् कामीहरूलाई
र बनाईरहन्छन् अाफ्ना पैतलाभित्र
जहाँबाट निस्किन न दिन्छन् यीनीहरूले
न निस्किन पाउँछन् कुल्चिएकाहरू !

तर मेराे याैटा बिन्ती छ
हे.. म जस्तै प्राणीहरू
म(हामी)लाई तिमीहरूकाे दाैलतकाे एक चिम्टी हाेईन
मानवताकाे एक हिस्सा न्याय देअाे
चाँहीदैन त्यति विघ्न हैसियत पनि
मेराे(हाम्राे) पाइलामा तगाराे नहाल
किनकी मैले(हामीले) पुग्नु छ 
त्याे प……र काे क्षितीजसम्म
जहाँकाे मधुराे बादलका हाँगाहरू भाँच्नु छ
र त्यही हाँगा टिपेर हिर्काउनु छ
२१ अाै सताब्दीकाे अपाङ्ग शरीरभरी !

© साैगात गजमेर विश्वकर्मा
-२३ वैसाख २०७३