जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Thursday, August 25, 2016

"म अभागी नागरीक"-कबिता

'म अभागी नागरीक'

                                  By सौगात गजमेर विश्वकर्मा

रहर त मलाई पनि छ देश,
तेरै काखमा
बिहानीकाे चिसाे सिरेटाे पिउने
दिउसाेकाे प्रचण्ड गर्मीमा
तेरै माटाेकाे पानी पिएर धित्त मार्ने
र बेलुकाकाे मधुराे उज्यालाेमा
झ्याउँकिरीकाे साँगितीक माहाेलमा पुगेर
मनका उदेकहरू एउटै गितमा लय हाली-हाली गाउने !


ईच्छा त मेराे पनि छ देश,
बुवाकाे बर्षाैदेखिकाे रित्ताे खल्ति
मेराे दिनभरीकाेकाे पसिनाकाे माेलले भर्ने
दिनरात घाँस दाउरा गरेर
शरीर बेस्सरी दुखेकाे मेरी अामाकाे
ढल्किनासाथ हात गाेडा थिचीदिने
र तात्तिदै चिसीदै गरेकाे मेराे घरकाे चुल्हाेलाई
निरन्तर बाल्ने !

अाकँक्षा त मेराे पनि छ देश,
हरीयाे पासपाेर्टमा जिन्दगी लिएर हिड्नेहरूलाई
गाउमै अाय अार्जनका काम देअाेस् सरकारले
घरघरमा निरन्तर र अटुट बत्तिहरू बलुन
बच्चाहरू पढ्नबाट बन्चित नहुन
बाँच्नेहरू अाैसधीबाट टाढा नरहुन
र कसैले पनि स्तर अनुसार खुम्चिनु नपराेस्
मान्छे -मान्छे बिचमै पनि !

तर देश,
"म भाग्यमानी देशकाे अभागी नागरीक हुँ"
मेरा हत्केलाका रेखाहरू
यतिसम्म अलछिना छन् कि -
मैले जिवनकाे पहिलाे श्वास फेरेकाे मेरै देशमा
बाँच्नका लागि श्वास फेर्न पाउँदिन
सक्दिन यहाँका  मूलहरूकाे पानी
तन्तनी पिउन
र लय हालेर गाउन माैकै मिल्दैन
झ्याउकिरीकाे बथान अनि चाैतारीकाे छेउमा बसेर
पाउँदिन अाफ्नै खाली पेट भर्ने दाैडानले
घरकाे एक अन्जुली खुशि किन्न
किनकी मेराे देश,
जब म विमान चढेर प……र अाए
मेरा ईच्छाहरू त्यतिनै पर भएका छन्
जति दुरी छ म र मेराे घर
मेराे रहरहरू त्यतिनै असिमीत भए
जति समुन्द्रमा पानीकाे गहिराई हुन्छ
र मेराे अाकँक्षाहरू त्यतिनै चुलिदै गयाे
जसरी सरगमाथाकाे शिर ठडिएकाे छ !

अब त ए देश ,
यी हातका ठेलाहरू नियाल्दा त लाग्छ
मेराे पासपाेर्टकाे पहिलाे पानामा रहेकाे मेराे परिचय
सधैका लागि हराएर जाअाेस्
र हराअाेस् मेराे त्यसभित्रकाे तस्विरकाे हुलिया
जसरी गुमाईदिएकाे छ परदेशले
मेरा हजाराै ईच्छा,रहर र अाकँक्षाहरू
याे खाडीकाे गहिराे खाडलमा !

-०९ भाद्र २०७३

Tuesday, August 2, 2016

*बदमासी तिम्रा यादहरू* -कबिता

"बदमासी तिम्रा यादहरू"

तिमीलाई मन पर्छ कि नाई ?
मा……थी अाकाशमा झुण्डिएकाे चम्किलाे तारालाई
तिमी ठानेर म टाेलाईरहेकाे !

र मनपर्छ कि पर्दैन ?
त्यहि ताराकाे छेवैमा तिम्राे नाम
सबैले देख्ने गरी यी हातहरूले लेखेकाे
ठूला-ठूला अक्षरहरूमा !

अाज मन साह्रै बाैलाएकाे छ !

तिम्राे याद खुब अाएर हाेला
खाडीमा उभिएकाे म सुत्ने घरकाे काेठासम्म
मलाई निदाउन दिएका छैन्न
बदमासी तिम्रा याहरूले !

त्यसैले त हाेला,
याे खाली पानामा रातैभरी लगाएर
बनाउन मन लागेकाे छ
दुरूस्तै तिम्राे अाकृति !
जहाँ अटाउनै पर्नेछ
मलाई बिदाई गरेका अन्तिम नजरहरू
मलाई नजानुस् भनिरहेका त्यी अाेठहरू
र मुर्छा परेर रूनै लागेकाे मलिन अनुहार

र फ्ल्यास ब्याकमा अटाउनु छ
सानै भएपनि पुरानाे घर
अागन , फुलबारी र बार्दली
जुन दृष्यहरूमा टाेलाईरहदा  पनि
मैले पुरै तिम्राे अनुहार देख्छु !

तर अँ हँ ,
याे सब गरेकाे तिमीलाई मन पर्दैन !

यस्ताे त एक तर्फी मायाँ गर्नेहरूले गर्छन्
सराव पिएर कसैकाे अाश बाेक्नेहरूले गर्छन्
फटाहाहरूले गर्छन्
अावराहरूले गर्छन्
जुन मलाई तिमीले नभईदिए हुने ठान्छ्याै !

-१७ श्रावण २०७३

"लेख्न नमिल्ने स्टाटस"-कबिता

"लेख्न नमिल्ने स्टाटस"

                                     By-सौगात गजमेर विश्वकर्मा
यसरी,
जसरी म अहिले पाेष्ट गरीरहेछु स्टाटस
हाे,यसरीनै
पाेष्ट गर्न मिल्ने भए हृदयभरीकाे पिडाहरू
म पहिले घरकाे पीडा लेख्थे !

अामाकाे - चाउरीएका गालाहरू लेख्थे
बुवाकाे- ठेलैठेला परेका हत्केलाहरू लेख्थे
प्रियाकाे -खाली गला र बुच्चे कानहरू लेख्थे
र लेख्थे निष्कर्षमा-
छाेरीकाे-अनगिन्ती ईच्छाहरू र अनेक अभावहरू !

बेलुकाकाे बासी खबुज लेख्दिन थिए-
बरू छुटाउदिन थिए घरमा पाक्ने नमिठाे खाना
ताताे घाम र गाह्राे काम लेख्दिन थिए-
बरू अटाउने थिए साँघुरा काेठा र भत्किएका भित्ताहरू

तर मिल्दैन ,
मिल्दै-मिल्दैन
याे स्टाटसमा हृदयले भने बमाेजिमका कुराहरू
सबै अनि दुरूस्तै अटाउन !

किनभने,
म र मेराे हृदय जस्तै
हजाराैँ हृदयहरू र "म"हरू छन्
लाखाै पिडाहरू र मनहरू छन्
कराेडाै अाँखाहरू र माेतीहरू छन्
जाे,
मैले लेखेका स्टाटसहरू पढेर
खाडीकाे गहिराे ठाउमा ढल्किएर
सगरमाथा पग्लिएझै पग्लिन्छन्

-१७ श्रावण २०७३

Thursday, July 7, 2016

हिँजाे , अाज र भाेली -कबिता

"हिँजाे ,अाज र भाेली"
                                 By साैगात गजमेर विश्वकर्मा

खटिरा जत्रा मेरा अाँखाहरू,
बर्सेनि बढेर पिलाे जत्राे भईसकेछ
यी खुट्टाहरू पनि
सिन्काबाट लट्ठीमा रूपान्तरण भए
र भए शरीरका हरेक अँगहरू
गाउँ पछि एकाएक शहर बनेझै
बडेमानका-ठूला !

मेरा बुवा पनि,
स्वाउ जस्तै थिए -मरिच जस्ता भएका छन्
र मेरी अामा
गाउँभरी घुम्न सक्ने हुनुहुन्थ्याे
अागनसम्म निस्कन सक्नुहुन्न !

समयले ,
निक्कै काेल्टे फेरि सक्याे
घर -घरका दाजुहरू
हलाेका प्रकारहरू चिन्नु हुन्थ्याे
मेनपावरहरू ठम्याउन सक्ने हुनु भएकाे छ
दगुर्नु हुन्छ
लालपुर्जा धिताेमा राखेर
राजधानीदेखि कालधानीसम्म !

घरकाे मकैकाे सातु पच्दैन केटाकेटिहरूलाई,
मिठाई माग्छन्
घुर्क्याउँछन् अामाहरूलाई
बाबुकाे खाडीकाे थाेरै पसिनासाटेर
किनिदिनै पर्छ नानीहरूलाई
बारि खन्न नसक्ने अामाहरूले
चक्लेट र केहि थान खेलाैनाहरू !

अाजकल,
म अलिक निक्कै घाेर्लिने गर्छु
यी र यस्तै यथार्थमाथी !

सबै परिवर्तित छ,
घर अगाडीका काेरली विरूवाहरू
गर्भवती भएर फस्टाईरहेछन्
हजुरअामाले दिनु भएकाे त्याे सानाे बाछी
अहिले माउ भएकाे छ
तर भएकाे छैन मैले खेल्ने अागन
दस हातबाट एघार हात
जस्ताकाे त्यस्तै छ
राती सुतुन्जेल देखिने सपनाहरू जस्तै
जस्ताकाे त्यस्तै छ खरले छाएकाे धुरी
फेरीएकाे छैन
अगेनामा बसाल्ने सिल्बरकाे खराई
कुच्चिएका केही थान बुढा लाेहाेटा
स्टिलका गिलास अनि स्टिलकै थालहरू !

यसरी घरका भाँडाहरू नफेरीएझै,
याे देशकाे मुहार नफेरीए
मिठाई खाँदै हुर्किएका सन्तानहरू
"लान्छ हाेला है बुवा याे हाम्राे देश !"
साँध मिच्दै अाउने छिमेकीले
सिन्का राखेकाे ललिपपमा  भुलाउँदै
कुर्सी प्रधान याे प्याराे देश !

-२४ असार २०७३

Monday, June 13, 2016

गजल-समायाै यी हातहरू…

समायाै यी हातहरू बेस्सरी समायाै
प्यार भएरै हाे दाेधार नपरी समायाै

म परदेश जाँदाकाे त्याे एक्लाे रातमा
साेकेसकाे कालाे काेट के गरी समायाै

के मान्थ्याे र मन तिम्राे मेराे काले भनि
छट्पटियाै र तस्विर घरी-घरी समायाै

साेचि हेर्छु शान्त थियाे हामी साथै हुँदा
मैले छाेडी अाउनु हावा-हुन्डरी समायाै

मरूभुमी जब छिरे घामले पाेल्न थाल्याे
तिम्ले सम्झिरह्याै र यादकाे झरी समायाै

© साैगात गजमेर विश्वकर्मा

Monday, May 23, 2016

गजल-अाकाश राेएकाे बेला

अाकाश राेएकाे बेला झरी पर्ने गर्छ !
यी अाँखा राेएकाे बेला मनै मर्ने गर्छ !

तिमी अाऊ या नअाउ मेराे प्रतिक्षामा
मनले भने अाशा र भराेसा गर्ने गर्छ !

तेराे महलमा कुकुरले कनिका पचाउँदैन
मेराे भने अनिकालकाे अभाव टर्ने गर्छ !

जुन सपना मनमा राेपि,लाहुर छिर्नु हुन्छ
फुल्न नपाई काेपिलामै  ब्यर्थ झर्ने गर्छ !

हटाउँदैन मनकाे फाेहाेर,जति थुप्रिए पनि
गन्ध अाउँदा भने मान्छे पर्फ्यु छर्ने गर्छ !

© साैगात गजमेर विश्वकर्मा