लघुकथा – “भित्री ईमान”
रचना- सौगात गजमेर "मात्र"
बजारकै दिन अजयसँग भेट भो । पहिलेझै सुटबुटमा झल्किएर आऐको धनिको सन्तान अजयलाई देखेपछि गफ गर्न मन लाग्यो र बोलाए । हुन त उ कहाँ धनि- म कता जेहेन्दार । सम्पति र पोसाककै हिसाबले त उ र ममा आकाश धर्तिकै अन्तर ! अजय सामु पुगी -" के हो यार यतिका दिन पछि भेट भो कहाँ गएका थियौ हँ ?, फेरी लोक सेवा पनि पास गर्यौ सुन्छु पार्टि त खुवाउछौ होला नि ? " झिँगाको बोसो झिक्नेलाई ब्यर्थैको सवाल सोधे । " धत् पार्टि जावो खुवाउदिन होला त ! बरु हिड् जाउ होटलतिर ?" मलाई पनि अचम्मै लाग्यो "हैन यसले खुवाउला त पार्टि ?"मनमनै हास्दै लागे--- होटलमा पुगेर दुवै जनाले खायौ दुई-चार सय जतिको । खाएर उठ्ने बेलामा थोत्रो पर्स झिक्दै- "ओहो यार ! पैसा त खुद्रानै रहेनछ यार बरु यसो गर न यार –“अहिले दिँदै गर पछि मिलाउला नि म !" यति भन्नासाथै उसलाई अर्को साथिले बोलायो र गयो । मैले पैसा तिरिदिए ।
0 comments:
Post a Comment