जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Thursday, February 12, 2015

लघुकथा-३

लघुकथा-तिल्हरी
रचना-सौगात गजमेर “मात्र”
“आज त्यस्की श्रिमतीले लगाएको तिल्हरी खोसेर भएपनि म मेरो ॠण जसरी असुल गरेरै छाड्छु ।“
छानामाथी सिउरीएको चिल्लो लौरो झिक्दै आक्रोसमा घरको नोकर मानविरलाइ लिएर सरदार बाबै लाग्छन् हर्कमायाको घरतिर…।
पाखोबारी देखाइ जाँडखान भनेर दिनहू पैसामाग्दै सरदार बाबैसँग रक्सि खाने कुलमान हराएको पनि आजको दिनसम्म एक दशकनै पार भैसकेको छ । जड्याहा पति द्वन्द कालमा हराएपछि लालावाला गिट्टी कुटेर पाल्दै बसेकी हर्कमाया पति छँदाका क्षणहरू दिनहू आँखाका डिलसम्म ल्याएर बगाउन छोडेकी छैन्न ।सानैमा टुहुराझै भएका दुइ सन्तानलाइ हर्कमायाले आजसम्म त जेनतेन पालेकै छिन अबका पछिल्ला दिनमा कसरी पालिनुपर्ने हो यकिन छैन हर्कमायालाइ ।
कुलमानले जाँडखान भनेर लगेको छब्बिस हजार रूपैयाले ब्याज जन्माएर निक्कै भएको छ जुन तिर्ने सामर्थ्य हर्कमायामा छँदै छैन । विबाह हुँदा पतिले दिएको एक तोलाको तिल्हरी पछिल्लो ताका जाँड खाएर आइ सँयौ पटक पतिले “ले त्यो मैले दिएको तिल्हरी “ भनि झम्टिदा समेत बरू पिटाइ खाएर साचेर राखेकी छिन अहिलेसम्म ।
साउको ब्याज अनि ब्याजको पनि स्याज भएर निक्कै भएको सरदार बाबैको पैसो लिन सरदार बाबै दैलोसम्म आइपुग्छन् ।
“हर्कमाया , ए हर्कमाया बाहिर निस्की त ?”
भाँडामा पानी तात्यो अब त भनेर कनिका जाउलो पकाउन खन्याउनै लागेकी हर्कमाया सरदार बाबैको आक्रोशपुर्ण कुरो सुनेर हतारहतार बाहिर निस्कन्छिन ।


“नमस्कार बुवा , आज किन विहानै आउनु भो त, तै पनि म जस्ति गरिवको घरमा ?”
नमस्कारको प्रतिउतर नफर्काइ-“म अरू कुरा केही जान्दिन ,तेरो श्रिमानले मेरो पैसा खाएर मरेको १० बर्ष भै सक्यो तैले जसरी भएपनि अहिलेनै कि पैसा दे -नत्र त्यो तेरो गलाको तिल्हरी दे “
“तिर्छु बुवा कमाएर तिर्छु म । नतिरी मर्दिन बुवा, तर मलाइ केही समय दिनुस् म त्यो समयभित्र जसरी भएपनि तिर्छु
।“
“तेरो श्रिमान हराएको १० बर्ष त मैले पर्खे ,के अझै म पर्खिरहु । खुरूक्क त्यो तिल्हरी खोलछेस् कि म आफै खोलुँ हँ” भनेर सरदार बाबै उफ्रीन्छन् ।
हर्कमायाले ढाकछोप गर्न अनेक कुरो गर्छिन तर सरदार बाबै मान्दैन्न फलस्वरूप बाबैले हर्कमायाको गलाको तिल्हरी खोसेर लिएर जान्छन ,
हर्कमाया पतिको विलाप सँगसँगै नासो पनि नष्ट भयो भन्दै हिक्का छोडी रून थाल्छिन…. !

0 comments:

Post a Comment