जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, June 13, 2016

गजल-समायाै यी हातहरू…

समायाै यी हातहरू बेस्सरी समायाै
प्यार भएरै हाे दाेधार नपरी समायाै

म परदेश जाँदाकाे त्याे एक्लाे रातमा
साेकेसकाे कालाे काेट के गरी समायाै

के मान्थ्याे र मन तिम्राे मेराे काले भनि
छट्पटियाै र तस्विर घरी-घरी समायाै

साेचि हेर्छु शान्त थियाे हामी साथै हुँदा
मैले छाेडी अाउनु हावा-हुन्डरी समायाै

मरूभुमी जब छिरे घामले पाेल्न थाल्याे
तिम्ले सम्झिरह्याै र यादकाे झरी समायाै

© साैगात गजमेर विश्वकर्मा

Monday, May 23, 2016

गजल-अाकाश राेएकाे बेला

अाकाश राेएकाे बेला झरी पर्ने गर्छ !
यी अाँखा राेएकाे बेला मनै मर्ने गर्छ !

तिमी अाऊ या नअाउ मेराे प्रतिक्षामा
मनले भने अाशा र भराेसा गर्ने गर्छ !

तेराे महलमा कुकुरले कनिका पचाउँदैन
मेराे भने अनिकालकाे अभाव टर्ने गर्छ !

जुन सपना मनमा राेपि,लाहुर छिर्नु हुन्छ
फुल्न नपाई काेपिलामै  ब्यर्थ झर्ने गर्छ !

हटाउँदैन मनकाे फाेहाेर,जति थुप्रिए पनि
गन्ध अाउँदा भने मान्छे पर्फ्यु छर्ने गर्छ !

© साैगात गजमेर विश्वकर्मा

Tuesday, May 19, 2015

गजल


गजल


अामा खोसीस,बाबा लगिस् ,लुटिस् तैले छानो पनि
अाफन्तीको खबर पाइन,अाधार भुटिस् सानो पनि
लालाबाला चिल्ला-विल्ला भाको तैले देख्दा-देख्दै
बोरा हुलिस महलभित्र ,दिइनस् सरकार मानो पनि
दैव तँलाइ सवाल हरेक गर्छन् घाइते मानव जातले
मजाक ठान्छन् किन यहाँ पिडीतको भक्कानो पनि ?

Thursday, February 12, 2015

गजल र तस्विर


यी नजरहरू बन्द गराएर !
समय गयो मलाइ रूवाएर !
रहर होइन माग्नु भिखारीको,
पशुपतिमा दिनभरी अ।एर !

Tuesday, February 10, 2015

गज़ल

कति सपना -सपनामै सिमीत, हुनुपरेको छ !
धेरै विपना धरातलमा घुलित,हुनुपरेको छ !
दैलोबाट निस्किएपछि एक सफल परदेशीले,
बाँचेर फर्किन समेत सम्भावित,हुनुपरेको छ !
देशका कुलङ्गारहरूले जोक ठान्दा राजनिती,
सोझा जन्ता जितमा विपरित,हुनुपरेको छ !
गुलाफकै सँरक्षणमा अनेक बेदना सहेर पनि,
काँडाहरूले नजर सामु अनुचित,हुनुपरेको छ !
फसाउनका लागि 'मात्र'अन्जान बनेर अचेल,
आफन्तहरू मेरो सामु मोहित,हुनुपरेको छ !

Thursday, January 29, 2015

एक गजल



एक गजल