जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Sunday, February 15, 2015

लघुकथा-७

लघुकथा-छोरी र पानी
रचना-सौगात गजमेरमात्र”,,,
आत्मिय मित्र अजय र भुवन एउटै कलेजमा पढ्ने मिलनसार र इमान्दार मित्रहरू थिए । गाउँ गुल्मीबाट राजधानी छिरेर आफ्नो शिक्षालाइ निरन्तर दिइरहेको अजय र चितवनबाट भविश्य कोर्न राजधानी पसेका भुवन त्यी दुइलाइ पढाइको मात्र चासो हुन्थ्यो आफ्नो गाउँको भन्दा पनि । अजयले अनि भुवनले आफ्नो गाउँको कुरा खुलेर यथार्त बताएकै थिएन्न एकले अर्कोलाइ । विदाको मौका छोपेर अजयले मित्र भुवनलाइ आफ्नो गाउँ घुमाउने निर्णय गर्यो र भन्यो- जाउँ हाम्रो गाउँ घुम्न भुवनभुवनले पनि सहमतीमै हुन्छभनिदियो र गए दुवै अजयको गाउँ वा घर गुल्मी ।

सदरमुकामबाट अन्तिम टाढाको गा.वि.स.मा अवस्थित अजयको गाँउ भौगोलिक हिसावले निक्कै पिछडीएको वस्ति थियो जहाँ पुग्नका निम्ति सदरमुकामबाट निक्कै समय र बस भाँडा तिरेर पनि पैदलले छिचोल्नु पर्ने हुन्थ्यो अजयले जेनतेन भुवनलाइ आफ्नो गाउँ पुर्याएरै छोड्यो । त्यहाँ पुग्दा शुद्ध नेपाली रहनसहन तथा स्वच्छ हावा पानीले गर्दा भुवनले मुस्किलका पलहरू भुल्यो । साँझमा अजयको आमाले सानो गिलासमा पनी थमाउँदै ल साथी र तँ यो पानीले हात धोएर आउनु म खाना पस्किदै गर्छुभन्नु भयो । यति भन्नासाथ भुवनले सोच्यो- बल्ल बल्ल अजयको गाँउ आइएको छ त्यहि पनि एक गिलासले दुइ जनाले हात धुनु पर्ने यो कस्तो चलन हो नि ? पहाडमा त चिसो मिठो र अत्याधिक पानी हुन्छ भन्थे त के हो यो तरिकायस्तै के के सोच्दै खाना खाए अजय र भुवनले । हात चुठ्ने बेलामा आमाले फेरी पनि एक गिलास पानी थमाएर पुर्याएर धुनु है पानीले भन्दा भुवन झनै आश्चर्य चकित भो ।

भोलिपल्ट बेलुकातिर माथ्लो घरमा छोरी माग्न भनेर मोरङ्गबाट आए । अजयले छिमेकीको नाताले भुवनलाइ लिएर सहभागी बन्यो केटीको घरमा । निक्कै बेर कुराकानी चल्यो ।
केटीको बारेमा……….
सम्पतिको बारेमा………..
पढाइको बारेमा………………
निक्कै बेरको कुराकानी पछि कुरो सहमतिमै टुङ्गियो । टिकोटालो र लगनको कुरो विहान गर्ने निर्णय भयो । विहानै उठेपछि केटाको बाउ छिमेकीतर्फ कुरो बुझ्न निस्कियो । निस्किदाँ केही परको घरमा पुगेर अनेक सवाल प्रश्न उठाउन थाल्यो । सबै सवालको जवाफ राम्रै भेट्टाएता पनि पानीको अत्याधिक समस्या ,यतिसम्म कि पिउनका लागि पनि हम्मे-हम्मे । यो कुरा बुढाले मन मष्तिश्कमा राख्दै यस्तो गाउँकी केटी मेरो छोरोले लग्यो भने त पछि सम्धी गाउँमा के इज्जत होला र ? अनि छोरोले पनि जिन्दगीभरी पानीको अभावको ससुराली आइरहदाँ कतिसम्म दुख पाउदो होला भनेरल म अहिले लागे भन्दै निस्किनछन बुढा। केटीको घरमा पुगेर हामी पछि आउँछौ भनेर कुनै प्रतिकृया बिनानै उनिहरू केटीको घरबाट निस्किए ।
एकैछिन पछि केटीकी आमा डाको छोडेर रून थालिन । के भएछ भनेर भुवन र अजय पुग्छन । पुगेर किन रूनु भएको नि हजुर भनेर प्रश्न भुवनले उठाउँदा-मेरी छोरी पाँचौ पटक पनि यहि पानीको कारणले बिकिन अब यस्को जिन्दगी यसरीनै जाने भो ,कुन दिनमा यस्तो ठाउँमा आएर बस्न पुगिएछभन्दै छाति पिट्टीपिट्टी रून थाल्छिन भुवनले सम्झाउने बाटो नपाएर सरकारलाइ सराप्दै निस्किन्छ त्यहाँबाट अजयलाइ लिएर ।

0 comments:

Post a Comment