जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Tuesday, August 2, 2016

"लेख्न नमिल्ने स्टाटस"-कबिता

"लेख्न नमिल्ने स्टाटस"

                                     By-सौगात गजमेर विश्वकर्मा
यसरी,
जसरी म अहिले पाेष्ट गरीरहेछु स्टाटस
हाे,यसरीनै
पाेष्ट गर्न मिल्ने भए हृदयभरीकाे पिडाहरू
म पहिले घरकाे पीडा लेख्थे !

अामाकाे - चाउरीएका गालाहरू लेख्थे
बुवाकाे- ठेलैठेला परेका हत्केलाहरू लेख्थे
प्रियाकाे -खाली गला र बुच्चे कानहरू लेख्थे
र लेख्थे निष्कर्षमा-
छाेरीकाे-अनगिन्ती ईच्छाहरू र अनेक अभावहरू !

बेलुकाकाे बासी खबुज लेख्दिन थिए-
बरू छुटाउदिन थिए घरमा पाक्ने नमिठाे खाना
ताताे घाम र गाह्राे काम लेख्दिन थिए-
बरू अटाउने थिए साँघुरा काेठा र भत्किएका भित्ताहरू

तर मिल्दैन ,
मिल्दै-मिल्दैन
याे स्टाटसमा हृदयले भने बमाेजिमका कुराहरू
सबै अनि दुरूस्तै अटाउन !

किनभने,
म र मेराे हृदय जस्तै
हजाराैँ हृदयहरू र "म"हरू छन्
लाखाै पिडाहरू र मनहरू छन्
कराेडाै अाँखाहरू र माेतीहरू छन्
जाे,
मैले लेखेका स्टाटसहरू पढेर
खाडीकाे गहिराे ठाउमा ढल्किएर
सगरमाथा पग्लिएझै पग्लिन्छन्

-१७ श्रावण २०७३

0 comments:

Post a Comment