लघुकथा-“पार्टि”
रचना-सैागात
गजमेर “मात्र”
गाउँमा जिल्लाका केन्द्रिय स्तरका नेताहरूले पार्टि भेला
राखे । काँग्रेसको त्यो एतिहासिक जिल्ला भेलामा सम्पुर्ण पार्टिप्रेमी नागरिकको
उपस्थिती रह्यो । वडाका केही मान्ने र नाम चलेका सदस्यहरूले आफ्नो
गोजीको पैसा लगाएर कार्यक्रमलाइ अझ राम्रो बनाउनका लागी साथै आफुलाइ पछिल्ला दिनमा केही राहत मिल्छ भन्ने आशामा चिउरा र मासुको पनि ब्यवस्था गरे ।
सम्पुर्ण नागरिकलाइ आह्वान
गरिएको उक्त भेलामा नेताहरूले भाषण गर्न थाले । सुन्दै नपत्याउने किसिमका भाषणहरू
छाटिदै थिए नेताहरूबाट भने, कहिले भाषण सकिन्छ र मासु र चिउरा खान पाइन्छ भनेर
नागरिकहरू अतालिएका थिए अर्कोतिर ।
भाषण अगभग अन्तिम चरणमा पुगिसकेको थियो उता धमाधम खानपिन सुरूवात भो ,धेरै नागरिकको उक्त भेलामा अधिकाँश अन्य पार्टिका अनि भएका अरूहरू पनि कोहि हेर्न आएका त कोही यात्रा रोकेर बस्नेहरू मात्र थिए । एमाले पार्टिका जिवनले-“ल आउ है आउ” भन्दै सबैलाइ निम्तो दिँदै डाक्न थाले भोजनमा लागी । खान मन लागेका र भोकले ब्याकुल सबै खनिन थाले ।

यतिकैमा एक नेता भोजनालयभित्र पसेर जिवनलाइ सोध्छन्-“हजुर निक्कै पार्टिलाइ माया गर्नुहुँदो रहेछ ,हजुरलाइ हाम्रो पार्टिले भोट
जित्यो भने अवस्य केही दिलाउनेछ हजुर निर्धक्कसाथ लागि पर्नुस् है त ।“
यति भन्नासाथ जिवनले मन्द मुस्कानका छिटा छोड्दै-“हजुर माफ गर्नुहोला म त हरिले सधाउन आउनु है हाम्रो पार्टिको भोजमा भन्दा आएको
मात्र हुँ ,म त एमालेको मान्छे है !”
“नेता जिल्ल पर्छन्……..!
0 comments:
Post a Comment