जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।
Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Sunday, February 15, 2015

अनुरोध

नमस्कार सम्पुर्ण बिश्वकर्मा मित्र-बन्धुहरू प्रति !!! 
समाज देशको मुल धार हो । जहाँ अनेक किसिमका मानिसको बसोबास रहेको हुन्छ । मुलत : बाहुन , क्षेत्री , राइ , लिम्बु , कामी , दमाइ र बिभिन्न जातका ब्यक्ति बस्ने थलो भनेर चिनिने समाज बास्तवमै जातियताको हिसाबमा छुवाछुत बाटनै अघि बढिरहेको छ । हुनत समाजनै बिकासको मुल साँचो भनेता पनि जको यो २१ सताब्दि सम्म इ पुग्दा पनि खोल्न नसकेको अवस्था सर्व ब्यापक नै छ । देशका नेता भनदा देखि लिएर समाजका प्रतिष्ठित भन्नेहरूमा पनि जका दिन सम्म छुवाछुत रहित समाजको निर्माण गर्ने तर्फ कुनै चासो रहेको पाइदैन ता कि समाजलाइ छुवाछुत रहित बनाएर सुन्दर समाजको मुहार हेर्ने । भन्नेले त भन्दै इ रहेका छन कि समाजमा शिक्षा चाहियो भनेर , मलाइ लाग्छ शिक्षा पनि समाजको छुवाछुत उन्मुलनमा लागि पर्नेछ र सबैमा उचित र समान्ताको शिक्षा दिएर सुन्दर समाजको निर्माणमा कार्यरत रहनेछ तर बिडम्बना शिक्षाले या भनैा सिकैारेनै उस्तो भएर होला समाज आजका दिन सम्म पनि उहि आधारमा रहेर पहिलेकै मान्यतालाइ बोकेर समाजलाइ उधोगति तर्फ धकेलिरहेको छ ।