लघुकथा-“भित्री परिवर्तन”
रचना-सैागात गजमेर”मात्र”
सार्कि बाबै आइतबारे बजारको दिन सँधै
इमान्दारका साथ हुन्छ भन्दै हिड्ने ,आमैले जे ल्याउनु भनेपनि त्यहि-त्यहि ल्याउने
,किन हो कुन्नी सुँगुरको मासु बोकेर ल्याउनु है हजुर भनेर नरम स्वरले भन्दा पनि
निक्कै झर्किए”तँलाइ खालिस् सुगुरको मासु,म अब सक्दिन
सुगुरको मासु किनेर तँलाइ खुवाउन” भन्दै निस्किए ।
जवानीको रहरमा मन परेर ल्याएकी बुढिले भनेपछि जतिसुकै कराए
पनि मनले मान्दैन र गोस लाइनतिर छिरे बुढा…।सँधै
बुढाबुढी भनेर फल मासु दिने तथा भनेको जस्तै दिने भएर त्यो दिन पनि बुढा अन्तरेको
पसलतिरै लागे र अन्तरेलाइ”ल जोख-जोख अन्तरे भन्छन्”। बाबैले सँधैको जस्तै एक किलो त लान्छन् होला नि भनेर एक किलो जोख्दिन्छ
अन्तरेले पनि ।उठाउने बेलामा- “हैन हौ
मोरा कति हालिस् हौ आज त आधा किलो मात्रै लान्छु है ,मासु पनि महँगो बनाएर
छोइसक्नु पारेछउ तिमीहरूले” । यति भने पछि अन्तरेले पनि आधा
किलो झिक्दै -“के गर्नु बा महँगिको जवाना छ ,,क्षेत्री
बाहुनलाइ पनि पुग्दैन अनि नबढाएर भो त भाउ ??” बाबै-“हैन के भन्छ हौ यो अन्तरे?” यति नभन्दै अन्तेकै
छिमेकी बस्नेत माइलोले अन्तरेलाइ एक झोला लुकाउँदै दिएर”यसमा
एक किलो हाल्दि राख है” भनेर बजार तिर छिर्छ सार्कि बाबै
जिब्रो टोक्दै फर्किन्छन्…. “थाहै नपाइ
देश परिवर्तन भएछ”” भन्दै ।
0 comments:
Post a Comment