जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।
Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Thursday, August 25, 2016

"म अभागी नागरीक"-कबिता

'म अभागी नागरीक'

                                  By सौगात गजमेर विश्वकर्मा

रहर त मलाई पनि छ देश,
तेरै काखमा
बिहानीकाे चिसाे सिरेटाे पिउने
दिउसाेकाे प्रचण्ड गर्मीमा
तेरै माटाेकाे पानी पिएर धित्त मार्ने
र बेलुकाकाे मधुराे उज्यालाेमा
झ्याउँकिरीकाे साँगितीक माहाेलमा पुगेर
मनका उदेकहरू एउटै गितमा लय हाली-हाली गाउने !


ईच्छा त मेराे पनि छ देश,
बुवाकाे बर्षाैदेखिकाे रित्ताे खल्ति
मेराे दिनभरीकाेकाे पसिनाकाे माेलले भर्ने
दिनरात घाँस दाउरा गरेर
शरीर बेस्सरी दुखेकाे मेरी अामाकाे
ढल्किनासाथ हात गाेडा थिचीदिने
र तात्तिदै चिसीदै गरेकाे मेराे घरकाे चुल्हाेलाई
निरन्तर बाल्ने !

अाकँक्षा त मेराे पनि छ देश,
हरीयाे पासपाेर्टमा जिन्दगी लिएर हिड्नेहरूलाई
गाउमै अाय अार्जनका काम देअाेस् सरकारले
घरघरमा निरन्तर र अटुट बत्तिहरू बलुन
बच्चाहरू पढ्नबाट बन्चित नहुन
बाँच्नेहरू अाैसधीबाट टाढा नरहुन
र कसैले पनि स्तर अनुसार खुम्चिनु नपराेस्
मान्छे -मान्छे बिचमै पनि !

तर देश,
"म भाग्यमानी देशकाे अभागी नागरीक हुँ"
मेरा हत्केलाका रेखाहरू
यतिसम्म अलछिना छन् कि -
मैले जिवनकाे पहिलाे श्वास फेरेकाे मेरै देशमा
बाँच्नका लागि श्वास फेर्न पाउँदिन
सक्दिन यहाँका  मूलहरूकाे पानी
तन्तनी पिउन
र लय हालेर गाउन माैकै मिल्दैन
झ्याउकिरीकाे बथान अनि चाैतारीकाे छेउमा बसेर
पाउँदिन अाफ्नै खाली पेट भर्ने दाैडानले
घरकाे एक अन्जुली खुशि किन्न
किनकी मेराे देश,
जब म विमान चढेर प……र अाए
मेरा ईच्छाहरू त्यतिनै पर भएका छन्
जति दुरी छ म र मेराे घर
मेराे रहरहरू त्यतिनै असिमीत भए
जति समुन्द्रमा पानीकाे गहिराई हुन्छ
र मेराे अाकँक्षाहरू त्यतिनै चुलिदै गयाे
जसरी सरगमाथाकाे शिर ठडिएकाे छ !

अब त ए देश ,
यी हातका ठेलाहरू नियाल्दा त लाग्छ
मेराे पासपाेर्टकाे पहिलाे पानामा रहेकाे मेराे परिचय
सधैका लागि हराएर जाअाेस्
र हराअाेस् मेराे त्यसभित्रकाे तस्विरकाे हुलिया
जसरी गुमाईदिएकाे छ परदेशले
मेरा हजाराै ईच्छा,रहर र अाकँक्षाहरू
याे खाडीकाे गहिराे खाडलमा !

-०९ भाद्र २०७३

Tuesday, August 2, 2016

*बदमासी तिम्रा यादहरू* -कबिता

"बदमासी तिम्रा यादहरू"

तिमीलाई मन पर्छ कि नाई ?
मा……थी अाकाशमा झुण्डिएकाे चम्किलाे तारालाई
तिमी ठानेर म टाेलाईरहेकाे !

र मनपर्छ कि पर्दैन ?
त्यहि ताराकाे छेवैमा तिम्राे नाम
सबैले देख्ने गरी यी हातहरूले लेखेकाे
ठूला-ठूला अक्षरहरूमा !

अाज मन साह्रै बाैलाएकाे छ !

तिम्राे याद खुब अाएर हाेला
खाडीमा उभिएकाे म सुत्ने घरकाे काेठासम्म
मलाई निदाउन दिएका छैन्न
बदमासी तिम्रा याहरूले !

त्यसैले त हाेला,
याे खाली पानामा रातैभरी लगाएर
बनाउन मन लागेकाे छ
दुरूस्तै तिम्राे अाकृति !
जहाँ अटाउनै पर्नेछ
मलाई बिदाई गरेका अन्तिम नजरहरू
मलाई नजानुस् भनिरहेका त्यी अाेठहरू
र मुर्छा परेर रूनै लागेकाे मलिन अनुहार

र फ्ल्यास ब्याकमा अटाउनु छ
सानै भएपनि पुरानाे घर
अागन , फुलबारी र बार्दली
जुन दृष्यहरूमा टाेलाईरहदा  पनि
मैले पुरै तिम्राे अनुहार देख्छु !

तर अँ हँ ,
याे सब गरेकाे तिमीलाई मन पर्दैन !

यस्ताे त एक तर्फी मायाँ गर्नेहरूले गर्छन्
सराव पिएर कसैकाे अाश बाेक्नेहरूले गर्छन्
फटाहाहरूले गर्छन्
अावराहरूले गर्छन्
जुन मलाई तिमीले नभईदिए हुने ठान्छ्याै !

-१७ श्रावण २०७३

"लेख्न नमिल्ने स्टाटस"-कबिता

"लेख्न नमिल्ने स्टाटस"

                                     By-सौगात गजमेर विश्वकर्मा
यसरी,
जसरी म अहिले पाेष्ट गरीरहेछु स्टाटस
हाे,यसरीनै
पाेष्ट गर्न मिल्ने भए हृदयभरीकाे पिडाहरू
म पहिले घरकाे पीडा लेख्थे !

अामाकाे - चाउरीएका गालाहरू लेख्थे
बुवाकाे- ठेलैठेला परेका हत्केलाहरू लेख्थे
प्रियाकाे -खाली गला र बुच्चे कानहरू लेख्थे
र लेख्थे निष्कर्षमा-
छाेरीकाे-अनगिन्ती ईच्छाहरू र अनेक अभावहरू !

बेलुकाकाे बासी खबुज लेख्दिन थिए-
बरू छुटाउदिन थिए घरमा पाक्ने नमिठाे खाना
ताताे घाम र गाह्राे काम लेख्दिन थिए-
बरू अटाउने थिए साँघुरा काेठा र भत्किएका भित्ताहरू

तर मिल्दैन ,
मिल्दै-मिल्दैन
याे स्टाटसमा हृदयले भने बमाेजिमका कुराहरू
सबै अनि दुरूस्तै अटाउन !

किनभने,
म र मेराे हृदय जस्तै
हजाराैँ हृदयहरू र "म"हरू छन्
लाखाै पिडाहरू र मनहरू छन्
कराेडाै अाँखाहरू र माेतीहरू छन्
जाे,
मैले लेखेका स्टाटसहरू पढेर
खाडीकाे गहिराे ठाउमा ढल्किएर
सगरमाथा पग्लिएझै पग्लिन्छन्

-१७ श्रावण २०७३

Thursday, July 7, 2016

हिँजाे , अाज र भाेली -कबिता

"हिँजाे ,अाज र भाेली"
                                 By साैगात गजमेर विश्वकर्मा

खटिरा जत्रा मेरा अाँखाहरू,
बर्सेनि बढेर पिलाे जत्राे भईसकेछ
यी खुट्टाहरू पनि
सिन्काबाट लट्ठीमा रूपान्तरण भए
र भए शरीरका हरेक अँगहरू
गाउँ पछि एकाएक शहर बनेझै
बडेमानका-ठूला !

मेरा बुवा पनि,
स्वाउ जस्तै थिए -मरिच जस्ता भएका छन्
र मेरी अामा
गाउँभरी घुम्न सक्ने हुनुहुन्थ्याे
अागनसम्म निस्कन सक्नुहुन्न !

समयले ,
निक्कै काेल्टे फेरि सक्याे
घर -घरका दाजुहरू
हलाेका प्रकारहरू चिन्नु हुन्थ्याे
मेनपावरहरू ठम्याउन सक्ने हुनु भएकाे छ
दगुर्नु हुन्छ
लालपुर्जा धिताेमा राखेर
राजधानीदेखि कालधानीसम्म !

घरकाे मकैकाे सातु पच्दैन केटाकेटिहरूलाई,
मिठाई माग्छन्
घुर्क्याउँछन् अामाहरूलाई
बाबुकाे खाडीकाे थाेरै पसिनासाटेर
किनिदिनै पर्छ नानीहरूलाई
बारि खन्न नसक्ने अामाहरूले
चक्लेट र केहि थान खेलाैनाहरू !

अाजकल,
म अलिक निक्कै घाेर्लिने गर्छु
यी र यस्तै यथार्थमाथी !

सबै परिवर्तित छ,
घर अगाडीका काेरली विरूवाहरू
गर्भवती भएर फस्टाईरहेछन्
हजुरअामाले दिनु भएकाे त्याे सानाे बाछी
अहिले माउ भएकाे छ
तर भएकाे छैन मैले खेल्ने अागन
दस हातबाट एघार हात
जस्ताकाे त्यस्तै छ
राती सुतुन्जेल देखिने सपनाहरू जस्तै
जस्ताकाे त्यस्तै छ खरले छाएकाे धुरी
फेरीएकाे छैन
अगेनामा बसाल्ने सिल्बरकाे खराई
कुच्चिएका केही थान बुढा लाेहाेटा
स्टिलका गिलास अनि स्टिलकै थालहरू !

यसरी घरका भाँडाहरू नफेरीएझै,
याे देशकाे मुहार नफेरीए
मिठाई खाँदै हुर्किएका सन्तानहरू
"लान्छ हाेला है बुवा याे हाम्राे देश !"
साँध मिच्दै अाउने छिमेकीले
सिन्का राखेकाे ललिपपमा  भुलाउँदै
कुर्सी प्रधान याे प्याराे देश !

-२४ असार २०७३

Saturday, May 21, 2016

कबिता- "भकुन्डाे"

"भकुन्डाे"

फेरि पनि छाेराले,
भकुन्डाेनै खेल्न रूचायाे
खाेल्याे जुत्ता
निकाल्याे त्यसभित्रकाे माेजा
बटुल्याे कपडाका झत्ताहरू
बनायाे याैटा भकुन्डाे !

याे छाेराकाे अाँठाै चाेटी हाे
किनकी याे भन्दा पहिला
छाेराले जति जति भकुन्डाे बनाउथ्याे
म भने लुकाईदिन्थे या फालिदिन्थे
मैले भकुन्डाे लुकाउनुकाे तात्पर्य
छाेरालाई डाक्टर बनाउनु थियाे
मैले भकुन्डाे फालिदिनकाे तात्पर्य
छाेरालाई भकुन्डाेकाे लत छुटाउनु थियाे
न मैले लुकाउन छाेडे
न छाेराले बनाउन छाेड्याे !


जति जति छाेराले,
भकुन्डाे बनाउन लाग्थ्याे
उ रिसाउदैन थियाे
किनकी उसलाई लाग्थ्याे
मेराे भकुन्डाे हरायाे
मैले बनाउनै पर्नेछ
र खेल्नै पर्नेछ जसरी पनि
अर्काे भकुन्डाे बनाएर

एक दिन छाेरालाई...
मैले भनिदिए यथार्थ
सुनाए भकुन्डाे लुकाउनुकाे पुर्ण विवरण
छाेराले भन्याे-
बुवा म हजुरकाे छेारा हुँ -कैदी हाेईन
जसलाई हजुरले
थुन्न चाहानुहुन्छ ईच्छाकाे कारागारमा
हजुरले जति लुकाउनु भाे मेराे भकुन्डाे
त्यतिनै अात्मबल बढ्दै गयाे
मैले हारीन किहिल्यै भकुन्डाे बनाउन
किनभने
हजुरकाे छाेरा डाक्टर भयाे भने
बचाउँला हजार बिरामीहरू
गर्ला हजाराैका घाउहरूमा
मल्हमपट्टी र अाैसधी
तर बुवा
मैले भकुन्डाे खेलेर
बन्न त सक्दिन पेले र राेनाल्डाे
तर बन्नुछ देशका कठपुतली सरकार ढाल्ने
याैटा राम्राे र सक्षम सुटर !

-३ चैत्र २०७२

Friday, May 13, 2016

"भारी सपनाहरू"-कबिता

" भारी सपनाहरू"

अाजकल,
दिनलाई रातले निल्नै लाग्दा
तिम्रा वयस्क यादका अनगिन्ति दाँतहरूले
मेराे मस्तिष्क दार्न थालेका छन् !


अाजकल,
लाखाै ताराहरू अाकाशमा झुन्डिँदा
भिज्दै सुक्दै गरेकाे चार चाेसे याे सिरानीले
उत्पातै मितेरी गाँसिरहेकाे छ !

र अाजकल,
अालर्मका घण्टिहरू बिहानै घन्किरहँदा
मेराे पुरै परीवारकाे खुराक बाेकेकाे राहदानीले
मेराे हात पाउ बसाल्न चाहन्छ !

मलाई थाहा छ ,
या त्याे डाँडाँघरे सुकविरेलाई थाहा छ
परदेशकाे यस्तै अमिला यथार्थहरू
जसले जग्गाकाे धनीपुर्जा महाजनलाई थमाई
अाफु बडेमानकाे विमान चढेर अाएकाे छ
र भएकाे छ गुलामी गर्नु पर्दा
साना साना भुसुना भन्दा सानाे !

वालुवाकाे कान्तिपुर महलभित्र छिरेर
कुनै दिन,
मैले पनि राखेकाे थिए
भारी सपनाहरू साैदा गर्ने चाहाना
र पालेकाे थिए मनभरी
लाली गुराँशका राता फुलहरू जस्तै
कल्कलाउँदा साहास
जुन साेचाईमै सिमित भयाे
जुन अतितमै विलिन भयाे !

भन्नेले  भनेका पनि हुन,
मैले याे खाडी छिर्नुभन्दा पहिले
कुनै सपना साकार गर्दैन परदेशले
सुनाउनेले त सुनाएकै हुन ,
मैले सपना देख्नुभन्दा पहिले
धेरै थाेक गुमाउनु सिवाय केही हाेईन परदेश
तर सुनिएन उनिहरूका कुराहरू
बुझिएन उनिहरूका सुझावहरू
र त शिरमा पाली भएकाे म नेपाली
नाँगाे टाउकाे लिएर गाडीएकाे छु !
ठूलाे खाडीमा !

© साैगात गजमेर विश्वकर्मा
-३१ वैसाख २०७३

Tuesday, May 10, 2016

कबिता-याैटा खस्राे चित्र


"एउटा खस्रो चित्र "
by-jeevan khatri

कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र

ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु।
हुनसक्छ,
यो चित्र त्यो भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो।
वा हुनसक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको
सवसे दु:खद कविताको दु:खि पात्रको तस्बिर हो यो।

जे पनि हुन सक्छ।
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको
जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ।
दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन्।
पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्।
लाग्छ, उसका कानहरूलाई
भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन्
उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन्
आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन्
मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन्।

गहिरिएर हेर्छु, झन् डर लाग्छ!
कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा भेट्यो
यति विघ्न अभावका रङहरू?
यति विघ्न अध्याँरो मसी
यति विघ्न व्यथा, उल्झन सुहाउँने क्यानभास
यति विघ्न कहाली चोपिन सक्ने कुची

आँखा भरि भरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला।
तर, घरको लालपुर्जा घरमै होला कि? कुनै महलमा?
चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला।
तर उ स्कुल नगएर, किन क्यानभासमा?
हुन सक्छ परिक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस्।

उसकी श्रीमती? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?
कि कुनै महलको भित्री कोठामा कैद भई?
जे पनि हुन सक्छ।
अहो, खासमा कुन मुर्खले कोर्यो यो असुहाँउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो
के, दुःखका अनगिन्ती सागर, एउटै खोलामा अटाउँन सक्छ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले पिधीँ भ्याउँछ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका गाँसहरू?
कि एकजोडी हातहरूले मात्र सम्याउन सक्छन्,
तारे भीरैभीरको जिन्दगी?
कि एकजोडी पैताललाले मात्रै हिडीँ भ्याउँछन्,
तरबारको धार ओच्छ्याईएका बाटाहरू?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झस्याङ बनायो।
भन्यो, "बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनु भको? "

Monday, May 9, 2016

कबिता-टाेपी (साैगात गजमेर विश्वकर्मा

"टाेपी"
By- साैगात गजमेर विश्वकर्मा

हरेक बिहानीमा-
भाले डाकेर अालर्म बजाउनु पुर्व
पारीजातका फूलहरू
असरल्ल भुईमा झरेजस्तै
याे मेराे शिरमाथीकाे टाेपीलाई
याे मेराे वीरहरूकाे स्वभिमानलाई
कुनै अराजक हावाले ढाल्ने छैन
न ढाल्न सक्छन्-
छिमेकीकाे घिनलाग्दाे खेलहरूले !

Friday, May 6, 2016

कबिता-"कम्जाेरी"

-"कम्जाेरी"

अन्तुकाे डाडाँसम्म
साक्षात्कार भएर अाएका मेरा एक हुल अाकँक्षाहरू
मध्यरातमा एकाएक हराउनु
सानाे छँदा मैले लगाउने भाेटाहरू
वयस्कमा खाेज्दा समेत नपाउनु
म कम्जाेर हुनु हाे !

जसरी खेतका गह्राहरूमा 
मेरी अामाले मासका विऊहरू काेपेर
उखेल्नै जानू नपर्ने गरि हराउछन्
र हुन्छ मेरी अामाकाे मन खिन्न

एउटी किसाेरी
जवानीले पाेख्त वसन्तमा
साेह्रै शृङ्गार गरेर बारम्बार दाैडीरहँदा
कुनै युवक फेलै नपर्दा चाैवाटाेमा
कति दुख्दाे हाे उसकाे मन उसैलाई याद हाेला
र याैटा माग्ने 
दिनभरी मन्दिरका अगाडि बसिरहँदा
अाफ्ना हातहरू फैलाउँदै खुम्च्याउँदै
एक मुठ्ठी चामल नपाउँदा 
कति पाेल्दाे हाे उसकाे भुँडी उसैलाई याद हाेला
तर हुने छैन यकिन रत्तिभर
याे स्वार्थी र कपट सँसारका यावत कु-हरूलाई
किनकी यहाँ
एउटी सुन्दर र असल किसाेरी हेरीन्न 
खराव र राम्रीहरू हेरीन्छ
नाङ्गाे र भाेकाे अावाज सुनिदैन
ढुङ्गा र गजुरहरू हेरीन्छ
र त भैरहेछन् यहाँ जिउन चाहानेहरू
म जस्तै लाचार र कम्जाेर !

याे दुनियाँ ठूलाे छ
यहाँका मानिसहरू ठूला छन्
उनिहरूकाे मन पनि विशाल छ
शिक्षित छन् ,
अझ भनाै याे दुनियाँनै असल छ
तर छैन्न्  याे सँसारमा 
दमाईले सिलाएकाे लुगाकाे तारीफ गर्नेहरू
सार्कीले सिलाएकाे जुत्ताकाे तारीफ गर्नेहरू
र देख्दिन मैले साच्चै भन्नू पर्दा
कामीले अर्जापेकाे सिरूपातेकाे गुणगाने गाउनेहरू
किनकी
यहाँका लुगा सिलाउन जान्नेहरू
कम्जाेर ठान्छन् दमाईहरूलाई
यहाँका जुत्ता मार्केट चलाउनेहरू
गन्ति गर्दैन्न सार्किहरूलाई
र खुकुरी भिरेर नेपाली बन्नेहरू
कायर ठान्छन् कामीहरूलाई
र बनाईरहन्छन् अाफ्ना पैतलाभित्र
जहाँबाट निस्किन न दिन्छन् यीनीहरूले
न निस्किन पाउँछन् कुल्चिएकाहरू !

तर मेराे याैटा बिन्ती छ
हे.. म जस्तै प्राणीहरू
म(हामी)लाई तिमीहरूकाे दाैलतकाे एक चिम्टी हाेईन
मानवताकाे एक हिस्सा न्याय देअाे
चाँहीदैन त्यति विघ्न हैसियत पनि
मेराे(हाम्राे) पाइलामा तगाराे नहाल
किनकी मैले(हामीले) पुग्नु छ 
त्याे प……र काे क्षितीजसम्म
जहाँकाे मधुराे बादलका हाँगाहरू भाँच्नु छ
र त्यही हाँगा टिपेर हिर्काउनु छ
२१ अाै सताब्दीकाे अपाङ्ग शरीरभरी !

© साैगात गजमेर विश्वकर्मा
-२३ वैसाख २०७३

Sunday, September 27, 2015

कबिता- अन्याैल मान्छे

कबिता- अन्याैल मान्छे
-साैगात गजमेर विश्वकर्मा

तिमी भन्छाै नि-
हातका रेखाहरुबाट भाग्य हेरिन्छ
तिमी साेच्छाै नि-
मान्छेकाे निधारबाट किस्मत देखिन्छ
तर,
तिमीले किन याे नभनेकाे ?
हात नभएका पनि महान छन भनेर
तिमीले किन याे नसाेँचेकाे ?
अनुहार बिग्रिएकाहरु नै बिद्वान छन भनेर
तिमीले त बस,
एकाध निर्णयमै समय बितायाै
एक्लाैटी भावनाकै कदर गर्याै
तिम्रा लागि त
यस्ताे पनि लाग्छ कहिलेकाहि
बाँडेर खाने मननै छैन
मिलेर जिउने मुटूनै छैन
र त ,
तिमी सबैकाे हुनै सकेनाै !

तिमी,
अरुकाे लागि त जिएकै हाेईनाै
त्याे भन्दा पनि ठूलाे
तिमी - तिमी बाहेक अरु काेही हैनाै !

तिमीमा,
पानीलाई पत्थर बनाउने क्षमता छ
फूललाई जीवन बनाउने क्षमता छ
म त देख्छु अझ
तिमी त सर्वगुण सम्पन्न छाै
असम्भव तिम्रा लागि छँदै छैन
तर पनि
तिमीले अाफूलाई प्रयाेगनै गर्दैनाै
सँघर्ष के हाे थाहै छैन
भन्दा अन्यथा हाेला
तिमी जिउँदाे मुर्ती हाै !

तसर्थ तिमी
मन्दिरमा सजिनु अगावै
अरु जस्तै भएर हेर
फेर अाफ्नाे नराम्राे भेष
अनि हिड एक असल मार्ग
जहाँ
हजाराै मान्छेहरु सँघर्षरत छन् !

असाेज ०८


Wednesday, September 2, 2015

कबिता-"डुम"


 -साैगात गजमेर विश्वकर्मा

 म एक हिरालाल
 पहिचान कमैया
 थर डुम हाे !
 साहुकाे गाेडा थिचेर
 घरकाे अभाव टाल्ने
 म,
 सास्ति र दमन नभनेर कहिल्यै
 मैले मेरी छाेरीलाई पनि पठाकाे हुँ
 अभाव र भाेकाे पेट नरहाेस् भनेर
 साहुकाे हेरचार र स्याहार गर्न
 बर्षाैदेखि,
 यसरिनै चलाएकाे हुँ मैले
 अभावै-अभावमा मेराे झुपडी
 न मलाई भने जसरि भयाे
 न मैले साेचे जस्तै गर्न पाएँ
 सिर्फ लागरहे निरन्तर
 यहि शासककाे स्याहारमा.....!

 मेराे मज्बुरीमा,
 साहुकाे सन्तुष्टिमा,
 मेरी अन्जान छाेरीले
 गुमाउनु पर्याे नचहेरै पनि
 कल्कलाउदाे बैँस
 लुटाउनु पर्याे

Tuesday, May 19, 2015

कविता - “राहदानीले लुटिएका मनहरू”

कविता

खै कसरी वोकलुँ ?
पाँच हजारको पासपोर्टमा बिकेको मैले
अमूल्य जिन्दगीको
दर्दनाक पिडाहरू
जाबो सिक्का भरीको सिगरेट च्यापेर…!

मुम्बइ हुँदै गल्फ छिर्ने चेलीहरू
बुर्काको पहिरनमा मुर्छिँदै
आफूलाइ पुर्याइ घरदेशसम्म
कठै….
कति हिक्का छोड्दा हुन् नेपाली ढाँचामा
दलाललाइ धारेहातले
थुक्दै-सराप्दै…!

पर्देश छिरेपछीका कमाइहरू
बासी रोटीको भरमा रहेर
भाउजूलाइ सुम्पिनाले धनविर दाइले
कुम्ल्याएर भाउजू अन्तै भाग्दा
पुर्पुरो समाउन विवश भए
धिक्कार्दै
समाज अनि कलियुगलाइ…!

Thursday, March 12, 2015

कविता - होली


...होली !
तिमी किन आयौ फेरी
रातो बनेर
निलो भएर
पहेँलो बोकेर ,
यो मेरो रँगहिन जिवनमा ।
 तिमीलाइ थाहा हुनुपर्ने
आमाको सिउदो भर्खरै पुछिएको,
श्रिमतीबाट भर्खरै टाढिनु परेको,
अनिखाली-खाली भएर जिएको !
तर पनि किन आइरहन्छौ ?
मेरा छातीका आला घाउहरूमा
केही चिम्टी नुन
मलाइ अन्जान बनाएर
बिस्तारै छर्किन
र भन्न
कस्तो लाग्यो रँगीन होली ?

देश सादा भएको छ

राजधानी फिक्का भएको छ 
त्यो नहेरेर
तिमी सिर्फ मेरो झुपडीमा
रँगका पोकाहरू बोकेर
दुखाउन आइरहेछौ ।
तर होली ,,