जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Sunday, February 15, 2015

लघुकथा-८

लघुकथा-अप्ठ्यारो यात्रा
रचना-सौगात गजमेरमात्र
गाउले बस ,,भनेको समयमा पनि नगुड्ने र कहिले के त कहिले के को समस्याले सताइरहने । धेरै जसो मानिसहरू उभिएर लामा लामा दुरीसम्मको यात्रा छिचोल्नु पर्ने हुनाले दिग्दारको त सिमै थिएन त्यहि माथी भाडाँ बर्तन,बाख्रा पाठा देखी लिएर अनेक सामान राखेर मान्छेको पाउ राख्ने ठाउ हुँदैन । हो त्यस्तै भाको थियो, म पनि झापाबाट ताप्लेजुङ सम्मकोयात्रा छिचोल्न निस्किदा । बसभित्र पस्नका लागी बल हुँने र बुद्धी हुनेले मात्र बस्ने ठाउँ भेट्छ भनेको थिए हो हरेछ । सरासर बस भित्र पसेर मैले बसको एक छेउमा जबरजस्ती हातको झोला राख्न सके त्यही पनि सात जनालाइ ठेलेर । खलासी भाइले ल है जाउ है जाउ भनेर यात्रुहरू बोलाउन लाग्यो म पनि त्यो भिडमा कहाँ बस्ने र कसरी पुग्ने होला भनेर सिटको खोजीमा लागे । अन्तिम सिटको भित्तापट्टी एक सिट खाली हो कि जस्तो लाग्यो र त्यतै तिर लागे >..नभन्दै रहेछ खाली र बसे । बस यात्रुहरू खादेर मास्तिर लम्कियो ,,,दिउसोको यात्रा ,चर्को घाम त्यही माथी बसको त्यस्तो भिड त्यो देखेर त बेकार यात्रा गर्न थालेछु जस्तो भान भो मनमा ।


बस गुडेको केही छिन पछी एक बुढी आमा धेरै झगडा गर्न लाग्नु भो खलासी सँग । मैले त देखिन देख्न त तर कानले भने निक्कै आवाज निस्किएकोले होला सुनि हाले । टिकट काटेर पनि बस्ने सिट नपाउदा र लामो यात्रा सम्झिएर होला त्यी बुढी आमा झगडा गर्न थाल्नु भाको रहेछ । मेरो मनले मfनेन ,,गल्ति खलासीको भए पनि र सबै अबुझ बने पनि मैले जानी-जानी यसरी मज्जाले सिटमा बसेर ति बुढी आमालाइ उभ्याएर त यात्रा गराउनु हुन्न भन्ने सोचेर ति बुढी आमा भएतिर लागे ठेल्ठाल पारेर तन्नेरीहरूलाइ र सोधे हजुरआमालाइ –“के भो हजुर आमा किन कराउनु भाको नि ??
हेर न बाबु टिकट चाही हतार-हतार काट्न लगाए यी बजीया हरूले तर अहिले सिट खोइ त भन्दा छैन भन्छन यी मोराहरू….” यति भन्नासाथ- भो हजुर आमा छोडीदिनुस् अब यस्तै भो त के गर्नु बरू हिड्नुस पछाडीको मेरो सिटमा बस्नुस् म उभिएर जाउला ।
त्यी हजुरआमालाइ पाखुरामा समाएर लिएर गए पछाडीतर्फ र बसाए सिटमा । त्यो बेलासम्म त्यी हजुरआमाको शरिर गलेर फत्रयाक्कै भाको कुरो पनि बताउनु भो । हजुरआमाले मलाइ नजिक डाक्दै बाबु भाग्यमानी हुनु यसरीनै बुढाबुढीको सेवा गर्ने अवसर मिलोस् तिमीलाइभनि मनभरीको आशिर्वाद थमाउनु भो मलाइ पनि केही मिले जस्तो भो मनमा ।

0 comments:

Post a Comment