जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Sunday, February 15, 2015

अनुरोध

नमस्कार सम्पुर्ण बिश्वकर्मा मित्र-बन्धुहरू प्रति !!! 
समाज देशको मुल धार हो । जहाँ अनेक किसिमका मानिसको बसोबास रहेको हुन्छ । मुलत : बाहुन , क्षेत्री , राइ , लिम्बु , कामी , दमाइ र बिभिन्न जातका ब्यक्ति बस्ने थलो भनेर चिनिने समाज बास्तवमै जातियताको हिसाबमा छुवाछुत बाटनै अघि बढिरहेको छ । हुनत समाजनै बिकासको मुल साँचो भनेता पनि जको यो २१ सताब्दि सम्म इ पुग्दा पनि खोल्न नसकेको अवस्था सर्व ब्यापक नै छ । देशका नेता भनदा देखि लिएर समाजका प्रतिष्ठित भन्नेहरूमा पनि जका दिन सम्म छुवाछुत रहित समाजको निर्माण गर्ने तर्फ कुनै चासो रहेको पाइदैन ता कि समाजलाइ छुवाछुत रहित बनाएर सुन्दर समाजको मुहार हेर्ने । भन्नेले त भन्दै इ रहेका छन कि समाजमा शिक्षा चाहियो भनेर , मलाइ लाग्छ शिक्षा पनि समाजको छुवाछुत उन्मुलनमा लागि पर्नेछ र सबैमा उचित र समान्ताको शिक्षा दिएर सुन्दर समाजको निर्माणमा कार्यरत रहनेछ तर बिडम्बना शिक्षाले या भनैा सिकैारेनै उस्तो भएर होला समाज आजका दिन सम्म पनि उहि आधारमा रहेर पहिलेकै मान्यतालाइ बोकेर समाजलाइ उधोगति तर्फ धकेलिरहेको छ ।

हिजोका दिन जहिले धारामा जाँदा पानी छोइन्थ्यो, पानी मागेर खान लाग्दा पनि अलग्गै छोइएला कि झै गरेर दिने चलन थियो । हो त्यो समय कसैको घरमा जान पनि सक्त मनाइ थियो कारण बस गइएछ भने पनि बाहिरनै बस्नु पर्ने अवस्था थियो , ता कि भित्र जाने कुनै आदेश थिएन ।सार्वजनिक कार्यमा पनि हामीलाइ कुनै बोल्ने अवसरनै थिएन जहाँ ठुला ठुला जान्ने बुझ्ने भएता पनि र अर्को कुरा त्यस्ता कार्यमा हामीलाइ सँलग्न गराइदैन थियो ।त्यहि समयमानै हाम्रा दलित महिलाहरूमाथि बिभिन्न डर , त्रास देखाएर बलत्कार समेत गर्न पछि पर्दैन थिए यहि समाजका ठुला भन्नेहरू र हेर्नु पनि हुदैन थियो सिर उठाएर उनिहरूलाइ , बोल्न त परै जावोस् ।
आज त्यहि समाज र त्यहि ब्यक्तिहरू एकाएक परिवर्तन तिर लागेको पाइन्छ यसमा केहि भाग त शिक्षाले सहयोग गरेता पनि धेरैनै सहयोग १०बर्षे क्रान्तिको नै भेटिन्छ । क्रान्ति सुरू हुनु पुर्व समाज छुवाछुतमै कसिएको थियो जब क्रान्तिको सुरू भयो तब बिस्तारै हट्दै गयो पछि युद्ध पनि समाप्त भयो त्यस समय सम्म त लाग्थ्यो हामीलाइ कि अब पुरै छुवाछुत रहित बन्नेछ समाज तर त्यो भएन युद्ध समाप्त पनि भयो र जुन स्थिति सम्म हटेको थियो उहि अवस्था सम्म रहयो त्यहाँ भन्दा अघि बढ्न सकेन । हेरौ आगामी दिनमा कस्तो हुने हो !
तसर्थ समपुण मित्र बन्धुमा म के अनुरोध गर्छु भने हामीनै हौ समाजका भावि मार्गनिर्देशन कर्ता र हामीबाटै हुनुपर्दछ समाजमा छुवाछुत बिरूद्भ अभियान ।सक्न त के नै सक्छौ र गर्न हामीले तर पनि धेरैने गर्न सकिन्छ चाहायौ भने जब तपाइ समाजमा छुवाछुत रहित भावना लिएर अघि बढ्नु हुन्छ मलाइ लाग्छ केहि मात्रामा समाजमा केहि गर्न सक्नु हुनेछ ।
-तपाइले लिएर अघि बढ्नु पर्ने केहि बुदाहरू ;
समाजमा हामीले छोएको पानी किन चल्दैन ?
२ समाजमा हामीले किन अरूको घरमा पस्न हुदैन ?
३ समाजमा हामीले किन सानो भएर बस्नु परेको होला ?
४ समाजमा हामीलाइ हेर्ने दृष्टिकोण किन भिन्न छ ?
५ समाजमा हामीलाइ किन सार्वजनिक कार्यमा सँलग्न गराइदैन ?
६ समाजमा हामीले यो छुवाछुतको सिकार कहिले सम्म हुनु पर्ने हो ?
७ समाजमा हामीमा किन अन्तर जातिय बिवाह असम्भव छ ?............................... आदि !

नोट-आगामी दिनमा नयाँ बिषय लिएर उपस्थित हुनेछु ।


0 comments:

Post a Comment