नमस्कार
सम्पुर्ण बिश्वकर्मा मित्र-बन्धुहरू प्रति !!!
समाज
देशको मुल आधार हो । जहाँ अनेक किसिमका मानिसको बसोबास रहेको हुन्छ ।
मुलत : बाहुन
, क्षेत्री , राइ , लिम्बु , कामी , दमाइ र बिभिन्न जातका ब्यक्ति बस्ने थलो भनेर
चिनिने समाज बास्तवमै जातियताको हिसाबमा छुवाछुत बाटनै अघि बढिरहेको छ । हुनत
समाजनै बिकासको मुल साँचो भनेता पनि आजको यो २१औ सताब्दि सम्म आइ पुग्दा पनि खोल्न नसकेको अवस्था सर्व ब्यापक नै छ । देशका
नेता भनौदा देखि लिएर समाजका प्रतिष्ठित भन्नेहरूमा पनि आजका दिन सम्म छुवाछुत
रहित समाजको निर्माण गर्ने तर्फ कुनै चासो रहेको पाइदैन ता कि समाजलाइ छुवाछुत
रहित बनाएर सुन्दर समाजको मुहार हेर्ने । भन्नेले त भन्दै आइ रहेका छन कि समाजमा शिक्षा
चाहियो भनेर , मलाइ लाग्छ शिक्षा पनि समाजको छुवाछुत उन्मुलनमा लागि पर्नेछ र
सबैमा उचित र समान्ताको शिक्षा दिएर सुन्दर समाजको निर्माणमा कार्यरत रहनेछ तर
बिडम्बना शिक्षाले या भनैा सिकैारेनै
उस्तो भएर होला समाज आजका दिन सम्म पनि उहि आधारमा रहेर पहिलेकै मान्यतालाइ बोकेर
समाजलाइ उधोगति तर्फ धकेलिरहेको छ ।



