जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Thursday, February 12, 2015

लघुकथा-४

लघुकथा-अमर प्रेम
रचना-सैागात गजमेरमात्र
सार्किनी मैको असामयिक निधन भयो साठ्ठी बर्षको उमेरमा । सार्किनी मै र बाबै एक अर्कालाइ बुढेसकालले अँगालो मार्दा समेत बहुत माया गर्थे । पाँच भाइ छोरा र एक बहिनी छोरी जन्माएर छोरीको विहेदान गरी दिएर अनि छोराहरू पनि -फ्नै मानो खान छुट्टीएर बाँच्न थालेका थिए सार्किनी मैको मृत्युको समयसम्म ।
सार्कि बाबै हिन्दु धर्म अनुसार स्वत राँडो भएर जिउनु पर्ने भो भने छोराहरू मा विहीन टुहुरा हुनु पर्यो । जिउनेक्रममा एक अर्कालाइ मायाँ गर्नुको साथै खुब सहयोग पनि गर्थे यो तेरो काम र यो मेरो काम नभनी । मैले अन्तिम सास निखारेर सँसारबाट विदा भएपछि सँस्कार अनुसारको रित पुर्याएर काजक्रिया गर्ने निर्णय भो । बाबै मैलाइ तुलसीछेउमा तेर्सयाएर राख्दा प्राणनै त्याग हुनेगरी डाको छोडेर रोए तर उनले रूनु मात्र पर्यो जो हुनु भै सकेपछी । मैलाइ उठाएर लगेर अग्नी दिए र फर्किए सबैजना ।
तेह्र दिने काम सुरू भयो, दिनहरू वित्दै गए

लघुकथा-३

लघुकथा-तिल्हरी
रचना-सौगात गजमेर “मात्र”
“आज त्यस्की श्रिमतीले लगाएको तिल्हरी खोसेर भएपनि म मेरो ॠण जसरी असुल गरेरै छाड्छु ।“
छानामाथी सिउरीएको चिल्लो लौरो झिक्दै आक्रोसमा घरको नोकर मानविरलाइ लिएर सरदार बाबै लाग्छन् हर्कमायाको घरतिर…।
पाखोबारी देखाइ जाँडखान भनेर दिनहू पैसामाग्दै सरदार बाबैसँग रक्सि खाने कुलमान हराएको पनि आजको दिनसम्म एक दशकनै पार भैसकेको छ । जड्याहा पति द्वन्द कालमा हराएपछि लालावाला गिट्टी कुटेर पाल्दै बसेकी हर्कमाया पति छँदाका क्षणहरू दिनहू आँखाका डिलसम्म ल्याएर बगाउन छोडेकी छैन्न ।सानैमा टुहुराझै भएका दुइ सन्तानलाइ हर्कमायाले आजसम्म त जेनतेन पालेकै छिन अबका पछिल्ला दिनमा कसरी पालिनुपर्ने हो यकिन छैन हर्कमायालाइ ।
कुलमानले जाँडखान भनेर लगेको छब्बिस हजार रूपैयाले ब्याज जन्माएर निक्कै भएको छ जुन तिर्ने सामर्थ्य हर्कमायामा छँदै छैन । विबाह हुँदा पतिले दिएको एक तोलाको तिल्हरी पछिल्लो ताका जाँड खाएर आइ सँयौ पटक पतिले “ले त्यो मैले दिएको तिल्हरी “ भनि झम्टिदा समेत बरू पिटाइ खाएर साचेर राखेकी छिन अहिलेसम्म ।
साउको ब्याज अनि ब्याजको पनि स्याज भएर निक्कै भएको सरदार बाबैको पैसो लिन सरदार बाबै दैलोसम्म आइपुग्छन् ।
“हर्कमाया , ए हर्कमाया बाहिर निस्की त ?”
भाँडामा पानी तात्यो अब त भनेर कनिका जाउलो पकाउन खन्याउनै लागेकी हर्कमाया सरदार बाबैको आक्रोशपुर्ण कुरो सुनेर हतारहतार बाहिर निस्कन्छिन ।

गजल र तस्विर


यी नजरहरू बन्द गराएर !
समय गयो मलाइ रूवाएर !
रहर होइन माग्नु भिखारीको,
पशुपतिमा दिनभरी अ।एर !

Wednesday, February 11, 2015

लघुकथा-२

लघुकथा-दुषित मन
रचना-सौगात गजमेर मात्र
गाँउको दाजु विदेश गएपछि हर्केले भाउजूमाथी गिद्धे नजर लगाउँछ । एक सन्तानकी आमा मनकला युगले २१ सताब्दी पार गरेपनि परिवर्तनबाट पन्छिएकी सोझी थिइन जसको फाइदा लुट्न हर्के दाजु विदेश गएपछि विस्तारै नजिकिदै जान्छ । कहिँकतै भेटिहाले पनि बोल्ने,अनि बोल्न थालेपछि एकोहोरो शरिरतिर नियाल्न थाल्ने गर्छ जस्ले गर्दा मनकला रिसाउँथिन तर केही रिस पोख्न नसकेर चुप लाग्थिन । हर्केले हुन त अहिलेको जवानासँग तुलना गरेर त्यस्तो सोचेको होला तर थिइन्न मनकला त्यस्ती जस्तो हर्केले सोच्दथ्यो । यसरी सदैव जिस्काउने निहुमा जथाभावी बोलेको सुनेर हर्केकै साथि नकूलले भनेछ”-हेर हर्के यो गाउँ हाम्रो हो यहाका सबै मानिस हाम्रो परिवार भित्रका झै हुन तसर्थ दाजु विदेश गएका छन भन्दैमा यसरी भाउजुलाइ यसरी दुख नदे भन्दा जवाफमा उल्टै गाली गर्छ।त्यो कुरा मन मष्तिस्कमा राखेर झुटो प्रेमको नाटक गर्न थाल्छ नकूलले हर्केकी बहिनी माथी ।
एकदिन पधेरोमा भाउजु मनकलालाइ जिस्काउदै गरेको अवस्थामा हर्केले आफ्नी बहिनी मिनालाइ नकूलसँग तल्तिर बारीमा बात मार्दै गरेको देख्छ र...

लघुकथा-१

लघुकथा – “भित्री ईमान”
रचना- सौगात गजमेर "मात्र"
जारकै दिन अजयसँग भेट भो । पहिलेझै सुटबुटमा झल्किएर आऐको धनिको सन्तान अजयलाई देखेपछि गफ गर्न मन लाग्यो र बोलाए । हुन त उ कहाँ धनि- म कता जेहेन्दार ।  सम्पति र पोसाककै हिसाबले त उ र ममा आकाश धर्तिकै अन्तर ! अजय सामु पुगी -" के हो यार यतिका दिन पछि भेट भो कहाँ गएका थियौ हँ ?, फेरी लोक सेवा पनि पास गर्यौ सुन्छु पार्टि त खुवाउछौ होला नि ? " झिँगाको बोसो झिक्नेलाई ब्यर्थैको सवाल सोधे । " धत् पार्टि जावो खुवाउदिन होला त ! बरु हिड् जाउ होटलतिर ?" मलाई पनि अचम्मै लाग्यो "हैन यसले खुवाउला त पार्टि ?"मनमनै हास्दै लागे--- होटलमा पुगेर दुवै जनाले खायौ दुई-चार सय जतिको । खाएर उठ्ने बेलामा थोत्रो पर्स झिक्दै- "ओहो यार ! पैसा त खुद्रानै रहेनछ यार बरु यसो गर न यार –“अहिले दिँदै गर पछि मिलाउला नि म !" यति भन्नासाथै उसलाई अर्को साथिले बोलायो र गयो । मैले पैसा तिरिदिए ।

Tuesday, February 10, 2015

गज़ल

कति सपना -सपनामै सिमीत, हुनुपरेको छ !
धेरै विपना धरातलमा घुलित,हुनुपरेको छ !
दैलोबाट निस्किएपछि एक सफल परदेशीले,
बाँचेर फर्किन समेत सम्भावित,हुनुपरेको छ !
देशका कुलङ्गारहरूले जोक ठान्दा राजनिती,
सोझा जन्ता जितमा विपरित,हुनुपरेको छ !
गुलाफकै सँरक्षणमा अनेक बेदना सहेर पनि,
काँडाहरूले नजर सामु अनुचित,हुनुपरेको छ !
फसाउनका लागि 'मात्र'अन्जान बनेर अचेल,
आफन्तहरू मेरो सामु मोहित,हुनुपरेको छ !