लघुकथा-अमर प्रेम
रचना-सैागात
गजमेर”मात्र”
सार्किनी आमैको
असामयिक निधन भयो साठ्ठी बर्षको उमेरमा । सार्किनी आमै
र बाबै एक अर्कालाइ बुढेसकालले अँगालो मार्दा समेत बहुत माया गर्थे । पाँच भाइ
छोरा र एक बहिनी छोरी जन्माएर छोरीको विहेदान गरी दिएर अनि छोराहरू पनि आ-आफ्नै मानो खान छुट्टीएर
बाँच्न थालेका थिए सार्किनी आमैको
मृत्युको समयसम्म ।
सार्कि बाबै हिन्दु धर्म अनुसार स्वत राँडो भएर जिउनु पर्ने
भो भने छोराहरू आमा विहीन टुहुरा हुनु पर्यो । जिउनेक्रममा एक
अर्कालाइ मायाँ गर्नुको साथै खुब सहयोग पनि गर्थे यो तेरो काम र यो मेरो काम नभनी
। आमैले अन्तिम सास निखारेर सँसारबाट विदा भएपछि
सँस्कार अनुसारको रित पुर्याएर काजक्रिया गर्ने निर्णय भो । बाबै आमैलाइ तुलसीछेउमा तेर्सयाएर राख्दा प्राणनै त्याग हुनेगरी
डाको छोडेर रोए तर उनले रूनु मात्र पर्यो जो हुनु भै सकेपछी । आमैलाइ उठाएर लगेर अग्नी दिए र फर्किए सबैजना ।
तेह्र दिने काम सुरू
भयो, दिनहरू वित्दै गए




