खै कसरी वोकलुँ ?
पाँच हजारको पासपोर्टमा बिकेको मैले
अमूल्य जिन्दगीको
दर्दनाक पिडाहरू
जाबो सिक्का भरीको सिगरेट च्यापेर…!
मुम्बइ हुँदै गल्फ छिर्ने चेलीहरू
बुर्काको पहिरनमा मुर्छिँदै
आफूलाइ पुर्याइ घरदेशसम्म
कठै….
कति हिक्का छोड्दा हुन् नेपाली ढाँचामा
दलाललाइ धारेहातले
थुक्दै-सराप्दै…!
पर्देश छिरेपछीका कमाइहरू
बासी रोटीको भरमा रहेर
भाउजूलाइ सुम्पिनाले धनविर दाइले
कुम्ल्याएर भाउजू अन्तै भाग्दा
पुर्पुरो समाउन विवश भए
धिक्कार्दै
समाज अनि कलियुगलाइ…!
छोराहरू सात समुन्द्र तरेपछी
दमले ग्रस्त बुढा बा
कुनामै चिस्सीएर सिद्धिए,
त्यस्तै,
मेलापातमै लुप्त आमाले पनि
कहाँ देख्न पाइन र बुहारीको
स्पर्श र ममता
घिट-घिट स्वास फेर्दै सिद्धिउन्जेलसम्म…!
कोठेबारी खोस्रने पाखुराहरू
खाडीमा हस्ताक्षर गर्दै बस्नाले
के उब्जिन्थ्यो र केही मुठ्ठी अन्न
जस्ले भरअबरमा
वास्मती र पिजाको तिर्सना मेटाउथ्यो….!
भोलीको गर्जो टार्ने भाइले
फसेको अनुभुति पोष्ट गर्दा
फेशबुकका भित्ताहरूमा
सपनाबाट हात धोएर
स-परीवार स्तब्धको विकल्पमा पुगेका होलान्
तर छिमेकीहरू
थप मैन बत्ती सल्काउदै
कतै जोर ताली घन्काइ
अट्टहासले चुलिँदै त छैन्न ?
अखबारको मध्य पृष्ठमा
अटाउन सक्छ भने
कोर्न ए पत्रकार ?
नग्न तस्विरलाइ पर्दाफास गर्नुभन्दा
“राहदानीले लुटिएका मनहरू”
नपढेपनी यो नाटकिय ढाँचामा
नदेखेको चरित्र देखाउने
लङ्गुर सरकारले….!
लेखक- सौगात गजमेर मात्र
झापा,नेपाल।
0 comments:
Post a Comment