...होली !
तिमी किन आयौ फेरी
रातो बनेर
निलो भएर
पहेँलो बोकेर ,
यो मेरो रँगहिन जिवनमा ।
तिमीलाइ थाहा हुनुपर्ने
तिमीलाइ थाहा हुनुपर्ने
आमाको सिउदो भर्खरै पुछिएको,
श्रिमतीबाट भर्खरै टाढिनु परेको,
अनिखाली-खाली भएर जिएको !
तर पनि किन आइरहन्छौ ?
मेरा छातीका आला घाउहरूमा
केही चिम्टी नुन
मलाइ अन्जान बनाएर
बिस्तारै छर्किन
र भन्न
कस्तो लाग्यो रँगीन होली ?
देश सादा भएको छ
राजधानी फिक्का भएको छ
त्यो नहेरेर
तिमी सिर्फ मेरो झुपडीमा
रँगका पोकाहरू बोकेर
दुखाउन आइरहेछौ ।
तर होली ,,
तिमीले जान्नुपर्ने थियो
मलाइ सताउनुपुर्व
यो देशलाइ रँगिन बनाउन
राजधानीलाइ गाढा तुल्याउन
तब मात्र तिमीले
होली भएर बारम्बार आएको
स्वाद हुने थियो
तर तिमी त
स्वार्थी बनेर आयौ ।
अन्जान भएर छायौ ।
तसर्थ होली मेरो विन्ती ,
देशलाइ रँगीन होलीको खाँचो छ
तिमी देशमा
होली लिएर आउ
मेरो जिन्दगीमा होइन ।
By-सौगात गजमेर”मात्र”
बालुवाडी,झापा
श्रिमतीबाट भर्खरै टाढिनु परेको,
अनिखाली-खाली भएर जिएको !
तर पनि किन आइरहन्छौ ?
मेरा छातीका आला घाउहरूमा
केही चिम्टी नुन
मलाइ अन्जान बनाएर
बिस्तारै छर्किन
र भन्न
कस्तो लाग्यो रँगीन होली ?
देश सादा भएको छ
राजधानी फिक्का भएको छ
त्यो नहेरेर
तिमी सिर्फ मेरो झुपडीमा
रँगका पोकाहरू बोकेर
दुखाउन आइरहेछौ ।
तर होली ,,
तिमीले जान्नुपर्ने थियो
मलाइ सताउनुपुर्व
यो देशलाइ रँगिन बनाउन
राजधानीलाइ गाढा तुल्याउन
तब मात्र तिमीले
होली भएर बारम्बार आएको
स्वाद हुने थियो
तर तिमी त
स्वार्थी बनेर आयौ ।
अन्जान भएर छायौ ।
तसर्थ होली मेरो विन्ती ,
देशलाइ रँगीन होलीको खाँचो छ
तिमी देशमा
होली लिएर आउ
मेरो जिन्दगीमा होइन ।
By-सौगात गजमेर”मात्र”
बालुवाडी,झापा
0 comments:
Post a Comment