जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Monday, May 9, 2016

कबिता-टाेपी (साैगात गजमेर विश्वकर्मा

"टाेपी"
By- साैगात गजमेर विश्वकर्मा

हरेक बिहानीमा-
भाले डाकेर अालर्म बजाउनु पुर्व
पारीजातका फूलहरू
असरल्ल भुईमा झरेजस्तै
याे मेराे शिरमाथीकाे टाेपीलाई
याे मेराे वीरहरूकाे स्वभिमानलाई
कुनै अराजक हावाले ढाल्ने छैन
न ढाल्न सक्छन्-
छिमेकीकाे घिनलाग्दाे खेलहरूले !



किनकी-
याे मेराे टाेपीकाे माथिल्लाे सिरानमा
सगरमाथाकाे अटल सहास लुकेकाे छ
बिचतिरका काेमल अाकृतिहरूमा
याेद्धाहरूकाे अन्तिम पसिना दलिएकाे छ
र तल्तिरकाे  पारीलाे किनारमा
पसिना र मैलाहरूकाे छाप छ
जसभित्र-
बर्साै पुराना चुरेभावरका मसिना धुलाेहरू छन्

र त,
याे मेराे शिरकाे टाेपी
सानाे भएर पनि विशाल देखिन्छ !

अर्काे कुरा- 
याे टाेपी मेराे लागि वर्तमान हाे भने
यहीनै मेरा बुवाकाे अतीत हाे 
फेरि यहीनै,
मेराे प्याराे हजुर बुवाकाे ईतिहास हाे
यसभित्र-बाईसे र चाैबिसे दबिएका छन्
लामाे कालखण्डकाे
राणाकाल ,मल्लकाल र शाहकाल छ
तर अचम्म
याे सानाे टाेपीले 
सदियाै बाेकेर हाँसिरहेछ
बर्तमान च्यापेर बाँचिरहेछ !

याे मेराे टाेपी-
मेराे कलिलाे र लुते दिमाग अनुसार
भयँकर र शक्तिशाली युद्ध कुरीरहेछ
विश्व भ्रमण सके पश्चात
जातीय लडाईकाे अन्त्य खाेजीरहेछ
र खाेजीरहेछ-
चीत्कार बिहीन समृद्ध याैटा देश !

-२ पाैष २०७२

0 comments:

Post a Comment