जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Tuesday, May 19, 2015

गजल


गजल


अामा खोसीस,बाबा लगिस् ,लुटिस् तैले छानो पनि
अाफन्तीको खबर पाइन,अाधार भुटिस् सानो पनि
लालाबाला चिल्ला-विल्ला भाको तैले देख्दा-देख्दै
बोरा हुलिस महलभित्र ,दिइनस् सरकार मानो पनि
दैव तँलाइ सवाल हरेक गर्छन् घाइते मानव जातले
मजाक ठान्छन् किन यहाँ पिडीतको भक्कानो पनि ?

कविता - “राहदानीले लुटिएका मनहरू”

कविता

खै कसरी वोकलुँ ?
पाँच हजारको पासपोर्टमा बिकेको मैले
अमूल्य जिन्दगीको
दर्दनाक पिडाहरू
जाबो सिक्का भरीको सिगरेट च्यापेर…!

मुम्बइ हुँदै गल्फ छिर्ने चेलीहरू
बुर्काको पहिरनमा मुर्छिँदै
आफूलाइ पुर्याइ घरदेशसम्म
कठै….
कति हिक्का छोड्दा हुन् नेपाली ढाँचामा
दलाललाइ धारेहातले
थुक्दै-सराप्दै…!

पर्देश छिरेपछीका कमाइहरू
बासी रोटीको भरमा रहेर
भाउजूलाइ सुम्पिनाले धनविर दाइले
कुम्ल्याएर भाउजू अन्तै भाग्दा
पुर्पुरो समाउन विवश भए
धिक्कार्दै
समाज अनि कलियुगलाइ…!

Thursday, March 12, 2015

कविता - होली


...होली !
तिमी किन आयौ फेरी
रातो बनेर
निलो भएर
पहेँलो बोकेर ,
यो मेरो रँगहिन जिवनमा ।
 तिमीलाइ थाहा हुनुपर्ने
आमाको सिउदो भर्खरै पुछिएको,
श्रिमतीबाट भर्खरै टाढिनु परेको,
अनिखाली-खाली भएर जिएको !
तर पनि किन आइरहन्छौ ?
मेरा छातीका आला घाउहरूमा
केही चिम्टी नुन
मलाइ अन्जान बनाएर
बिस्तारै छर्किन
र भन्न
कस्तो लाग्यो रँगीन होली ?

देश सादा भएको छ

राजधानी फिक्का भएको छ 
त्यो नहेरेर
तिमी सिर्फ मेरो झुपडीमा
रँगका पोकाहरू बोकेर
दुखाउन आइरहेछौ ।
तर होली ,,

Sunday, February 15, 2015

एक मुक्तक

मुक्तक


यो हातले फूल समाएर प्रणयको सुरूवात गरेकी थियैा !
ठिक अ।जको एक साल अघि प्रेम प्रस्ताब राखेकी थियैा !
मलाइ त्यही दिनको यादले साह्रै काउकुदी लगाउछ प्रिये,
जुन दिन सँगै जिउने यावत कसम तिम्ले खाएकी थियैा !

-सैागात गजमेर मात्र

अनुरोध

नमस्कार सम्पुर्ण बिश्वकर्मा मित्र-बन्धुहरू प्रति !!! 
समाज देशको मुल धार हो । जहाँ अनेक किसिमका मानिसको बसोबास रहेको हुन्छ । मुलत : बाहुन , क्षेत्री , राइ , लिम्बु , कामी , दमाइ र बिभिन्न जातका ब्यक्ति बस्ने थलो भनेर चिनिने समाज बास्तवमै जातियताको हिसाबमा छुवाछुत बाटनै अघि बढिरहेको छ । हुनत समाजनै बिकासको मुल साँचो भनेता पनि जको यो २१ सताब्दि सम्म इ पुग्दा पनि खोल्न नसकेको अवस्था सर्व ब्यापक नै छ । देशका नेता भनदा देखि लिएर समाजका प्रतिष्ठित भन्नेहरूमा पनि जका दिन सम्म छुवाछुत रहित समाजको निर्माण गर्ने तर्फ कुनै चासो रहेको पाइदैन ता कि समाजलाइ छुवाछुत रहित बनाएर सुन्दर समाजको मुहार हेर्ने । भन्नेले त भन्दै इ रहेका छन कि समाजमा शिक्षा चाहियो भनेर , मलाइ लाग्छ शिक्षा पनि समाजको छुवाछुत उन्मुलनमा लागि पर्नेछ र सबैमा उचित र समान्ताको शिक्षा दिएर सुन्दर समाजको निर्माणमा कार्यरत रहनेछ तर बिडम्बना शिक्षाले या भनैा सिकैारेनै उस्तो भएर होला समाज आजका दिन सम्म पनि उहि आधारमा रहेर पहिलेकै मान्यतालाइ बोकेर समाजलाइ उधोगति तर्फ धकेलिरहेको छ ।

लघुकथा-“पार्टि”

लघुकथा-पार्टि
रचना-सैागात गजमेर मात्र

गाउँमा जिल्लाका केन्द्रिय स्तरका नेताहरूले पार्टि भेला राखे । काँग्रेसको त्यो एतिहासिक जिल्ला भेलामा सम्पुर्ण पार्टिप्रेमी नागरिकको उपस्थिती रह्यो । वडाका केही मान्ने र नाम चलेका सदस्यहरूले फ्नो गोजीको पैसा लगाएर कार्यक्रमलाइ अझ राम्रो बनाउनका लागी साथै फुलाइ पछिल्ला दिनमा केही राहत मिल्छ भन्ने शामा चिउरा र मासुको पनि ब्यवस्था गरे ।
सम्पुर्ण नागरिकलाइ ह्वान गरिएको उक्त भेलामा नेताहरूले भाषण गर्न थाले । सुन्दै नपत्याउने किसिमका भाषणहरू छाटिदै थिए नेताहरूबाट भने, कहिले भाषण सकिन्छ र मासु र चिउरा खान पाइन्छ भनेर नागरिकहरू अतालिएका थिए अर्कोतिर ।