खै कसरी वोकलुँ ?
पाँच हजारको पासपोर्टमा बिकेको मैले
अमूल्य जिन्दगीको
दर्दनाक पिडाहरू
जाबो सिक्का भरीको सिगरेट च्यापेर…!
मुम्बइ हुँदै गल्फ छिर्ने चेलीहरू
बुर्काको पहिरनमा मुर्छिँदै
आफूलाइ पुर्याइ घरदेशसम्म
कठै….
कति हिक्का छोड्दा हुन् नेपाली ढाँचामा
दलाललाइ धारेहातले
थुक्दै-सराप्दै…!
पर्देश छिरेपछीका कमाइहरू
बासी रोटीको भरमा रहेर
भाउजूलाइ सुम्पिनाले धनविर दाइले
कुम्ल्याएर भाउजू अन्तै भाग्दा
पुर्पुरो समाउन विवश भए
धिक्कार्दै
समाज अनि कलियुगलाइ…!